Latest Updates :

म्वाइँ खान लाइन लाग्दै महिला


SHARE THIS POST :

न्यूजअभियान | प्रकाशित मिति : २०७३ कार्तिक ११ बिहिबार
एजेन्सी । बियर उत्पादन गर्ने एउटा चिनियाँ कम्पनीले कर्मचारीबीच ऐक्यबद्धता बढाने नाउँमा अचम्मको थिति बसालेको छ ।

बेइजिङको तोङचाउ जिल्लास्थित सो कम्पनीले महिला कर्मचारीले दिनहुँ हाकिमलाई म्वाई खानुपर्ने नियम बनाएको छ ।

म्वाइँ खान बिहानको ९ देखि ९.३० को समय छुट्याइएको छ । सिसिटिभीले प्रसारण गरेको श्रव्यदृश्यमा हाकिमको ओठमा म्वाइँ खान महिला कर्मचारी लाम लागेर बसेका छन् र एकाएक गरी म्वाइँ खान अघि बढ्छन् ।

श्रव्यदृश्य प्रशारण भएको पहिलो दिनमै १ करोड १० लाखले सो समाचार हेरे । धेरैले विकृत हाकिम, विकृत कम्पनी भनेर टिप्पणी गरे भने महिला महासंघले कार्यालयमा महिलामाथि हुने यौनजन्य हिंसको चरम रुप हो भनी विरोध गरेको छ । उक्त कम्पनीमा आधा कर्मचारी महिला छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv