Latest Updates :

अंशबन्डा तथा घरायसी झै–झगडा हुँदा ढुंगाले हानेर जेठाजुले गरे बुहारीको हत्या


SHARE THIS POST :
लाइट नेपाल

गुलरिया १७ असोज । जेठाजुले हानेको ढुङ्गा प्रहारबाट भाइबुहारीको मृत्यु भएको छ। बर्दिया पाताभार गाविस–८ बस्ने अन्दाजी ५५ वर्षीय जवालसिंह ढकालले हानेको ढुङ्गाबाट बुहारी मनसरा ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ। गएराति अंशबन्डा तथा घरायसी झै–झगडा हुँदा मादकपदार्थ सेवन गरेका ढकालले गरेको ढुङ्गा प्रहारबाट आफ्नै बुहारीको टाउकामा गरी गम्भीर चोट लागेको थियो। घाइते भएकी बुहारी मनसराको उपचारका क्रममा नर्सिङहोम नेपालगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। घटनापछि फरार रहेका जवालसिंह ढकाललाई राति नै कैलाली टीकापुरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv