Latest Updates :

सामाजिक सञ्जालमा ओबामालाई आफ्नै कान्छी छोरीले गिज्याएपछि…


SHARE THIS POST :

अमेरिकाका राष्ट्रिपति बराक ओवामाले भनेकी छन् कि उनकी कान्छी छोरी शाशाले स्न्यापच्याटमा हालसालै उनको मजाक उडाए । ओवामाले भने कि एक डिनरको क्रममा सोसल नेटवर्कको बारेमा चर्चा गरिरहेका थिए तर शाशाले त्यसलाई रेकर्डिङ गरेर आफ्ना साथीहरुलाई पठाएकी थिइन् ।

 राष्ट्रपति ओवामाले सोमबार प्रशारित भएको जिमी किमेल लाइभ टिभी शोका क्रममा छोरी शाशाको स्न्यापच्याट काण्डको खुलासा गरेका हुन् । उनले भने, ‘शाशा मलाई स्न्यापच्याटको बारेमा निर्देश गर्छिन् ।’ यो पहिलो पटक होइन कि राष्ट्रपति ओवामाले शाशाको अनलाइन गतिविधिको बारेमा चर्चा गरेको ।

यसअघि गएको जुलाईमा पनि ओवामाले भनेका थिए कि शाशाले केहि ट्वीट गरेकी थिइन् र त्यसपछि थुप्रै प्रतिष्ठित मिडियाहरुले शाशाको ट्वीटर एकाउण्टको पुष्टि गर्ने प्रयास गरेका थिए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv