Latest Updates :

बुढेशकालमा दुवै छाेरा गुमाएपछि धनकुटाका कमललार्इ पिडा माथी पिडा : माइलालार्इ साउदीले खायाे : जेठाकाे गाउमा हत्या भयाे साउदीबाट छाेराकाे शव ल्याउन नसक्दा झनै पिडा


SHARE THIS POST :

धनकुटा /विदेशमा छोराको मृत्यु भएपछि पिडामा परेका धनकुटाका एक दम्पती मृत्यु भएको एक महिना बित्दासम्म छोराको लास नेपाल नआउदाँ थप पिडामा परेका छन् । धनकुटा नगरपालिका वडा नं. १४ बेलहराका २१ वर्षीया सुशिल भण्डारीको गत असोज १५ गते मध्यरातमा साउदीमा गाडीले किचेर मृत्यु भएपछि उनका बुबा ६४ वर्षका कमल भण्डारी र आमा ५५ वर्षकी तिला भण्डारीलाई एक महिनाभन्दा बढी समयसम्म पनि लास नेपाल नआउदाँ पिडा माथि पिडा थपिएको हो ।

 सुशिल गत जेठमा रोजगारीका लागि साउदी गएका थिए । मृतकका पिता कमलले छोराको शव नेपाल ल्याउन पहल गरिदिन सरकार समक्ष माग गरेका छन् । स्थानिय प्रशासनमा कुरा राखे पनि चासो नदिएको र आफूले शव ल्याउन खर्च नभएको कमलले बताएका छन् । “छोराको शव ल्याउन आफूसँग खर्चको कुनै उपाय छैन ।”

कमलले भक्कानिदैँ भने “ऋण काढेर खरिद गरेका हल गोरु बेचेर भएपनि सदरमुकाम तथा अन्य निकायमा बुझ्न जान खोजेको एक महिना भयो तर अझै विकेको छैन ।” कमलको माइला छोरा रहेका सुशिलको मृत्यु भएको १७ दिन अघिमात्र जेठो छोराको धनकुटाकै डाँडागाँउ गाविसमा भरुवा वन्दुकले गोली हानी हत्या भएको थियो । वर्षको एक बाली मात्र लाग्ने जग्गाको नाममा दुई रोपनी मात्र भएका कमलको पविारले जीवन गुजार्ने मुख्य पेशा कृर्षि भएकाले आफ्नाृे जमिनले मात्र धान्न समस्या हुने हुदाँ अरुको जग्गा अधिँयामा कमाउने र अन्यको जग्गामा ज्यालामा काम गर्नुपर्ने बाध्यता पनि रहेको छ ।

 यस्तो कमजोर आर्थिक अवस्थाबाट चलिरहेको गुजारामा वैदेशिक रोजगारमा छोरालाई पठाएर परिवारमा केही राहात मिल्ला कि भन्ने आशले जसोतसो ऋण खोजेर एक लाख ६० हजार रुपैयाँ खर्चेर छोरालाई विदेश पठाएका थिए कमलले । तर, छोरो विदेश पुगेको पाँच महिना पुग्न नपाँउदै मृत्युको खबरले सहिनसक्नुको बज्रपात परेको छ । छोरो कुन मेनपावरबाट गएको हो त्यो पनि पत्ता लगाउन सम्म आर्थिक अभावका कारणले नसकेको र गोरु विकेपछि सवै खोज्ने कमलले बताए ।

कमलले निरास हुदैँ भने छोराले मृत्यु हुने अघिल्लो दिनमात्रै फोन गरेर ऋण कति छ म पैसा पठाइदिन्छु अनि तिर्नु भनेको झलझली याद आइरहेको छ नि तर के गर्नु अहिले यस्तो खबर सुन्न परेको छ । आर्थिक अवस्था कमजोर रहेका कमलको परिवारमा जेठा छोरा मारिएको शोक त छँदै थियो यसका अतिरिक्त माइला छोराको मृत्युको कारण बुझ्नलाई सदरमुकाम तथा राजधानीसम्म आउन समेत आर्थिक अवस्था कमजोर भएपछि टाढाको कुरा भएको छ । दुई छोराको मृत्युपछि कमलको परिवारमा बुहारी नाति तथा १४ वर्षिय छोरासँग बस्दै आएका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv