Latest Updates :

अन्तरजातीय विवाहका कारण पारिवारिक तनाव झेल्दै आएकी विनु पुलामीको हत्या


SHARE THIS POST :

पाल्पा–अन्तरजातीय विवाहका कारण पारिवारिक तनाव झेल्दै आएकी पाल्पा हेक्लाङ–६ की विनु पुलामीको हत्या भएको शंकामा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ। गत दशैंदेखि हराइरहेकी पुलामीको चार वर्षअघि अन्तरजातीय विवाह भएको थियो। तल्लो जातको भन्दै परिवारले नस्वीकारे पछि उनले यातना र हिंसा खेप्दै आएकी थिइन्।

बिहीबार विनुका माइती पक्षले उनको हत्या गरिएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका छन्। विनुलाई हत्या गरी फालिएको दाबी जाहेरीमा छ। कात्तीक–४ गते राम्दीघाट नजिक प्रहरीले एउटा शव फेला पारेको र उक्त शव आफन्तले विनुकै भएको ठहर गरेपछि घटनाको यथार्थ खुल्दै गएको छ।

गाडेको शव निकल्न प्रहरीः

शव फेला परेपनि सुरुमा पहिचान खुल्न नसकेपछि जिल्ला प्रहरी कार्यालयले तानसेन नगरपालिकालाई शव व्यवस्थापनको लागि जिम्मा लगाएको थियो। नगरपालिकाले राम्दी घाटमा उक्त शव गाडेको थियो।

विनु पुलामी परिवारबाट हिंसा यातना पाएको भन्दै गुहार माग्न भदौ २१ गते महिला तथा बालबालिका कार्यालय पाल्पा पुगेकी थिएन्। पति दिपेन्द्रबाट अनेक यातना पाउँदै आएको उनको गुनासो थियो।
निकै पछि घरबाट विनु हराएको माईतीले थाहा पाएपछि उनकै उमेर मिल्दो उक्त शवबारे बुझ्दा माईतीले विनुकै रहेको पत्तो पाएका हुन्। शवको फोटो र उनका कपडाका आधारमा शव विनुकै भएको किटान सहित प्रहरीमा जाहेरी दिइएको हो। जाहेरीमा विनुका पति ताहुँ–७ का दिपेन्द्र बस्याल, दिपेन्द्रका बुबा र आमालाई पिपक्षी बनाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। शिक्षा कार्यालयमा कार्यरत दिपेन्द्रका बुबा विद्यालयका प्रधानाध्यापक हुन् भने आमा सोही विद्यालयकी शिक्षिका हुन्।

बिहीबार जिल्ला प्रहरी कार्यालय पाल्पाको टोली मानवअधिकारकर्मी र पत्रकारसहित गाडेको शव निकाल्न राम्दी पुगेको छ। शव निकालेर पुष्टि गर्न र दाहासंस्कार गर्न माईती पक्षले माग गरेपछि शव निकाल्न लागिएको प्रहरीले जानकारी दियो।

दशैँमा रूँदै फोन गरेकी विनु त्यसपछि गायव

विनुका आफन्तले दशैंपछि विनुसँग सम्पर्क गर्न नसकिएको बताएका छन्। आफन्तले ज्वाँई दीपेन्द्रलाई विनुसँग सम्पर्क गराउन आग्रह गर्दा विनुको फेसबुक म्यासेन्जरबाट स्वयं दिपेन्द्रले जवाफ फर्काउने गरेको खुलेको छ। उनले विनु भारत पढ्न गएको बताउने गरेका थिए।

‘सम्पर्क गर्न अनेक प्रयास गर्यौं। स्पष्ट केही भनेनन् सम्पर्क हुन्छ भन्ने आशा मात्रै देखाएर यतिका समय बित्यो।’ विनुका बुबा नरबहादुर पुलामीले नागरिकन्युजसँग भने ‘मंसिर ६ गते छोरीका बारेमा बुझ्नका लागि दिपेन्द्रसँग भेट्दा उ उम्किएर भाग्यो।’ बुबा नरबहादुरले विनुले परिवारमा बेमेल रहेको र पतिले पीडा दिने गरेको घरमा सुनाउने गरेकी बताए।

जिल्ला शिक्षा कार्यालय पाल्पामा प्रविधिक पदमा कार्यरत दिपेन्द्रले २०६९ सालमा विनुसँग प्रेम विवाह गरेका थिए। बस्याल परिवारले विवाहलाई स्वीकार गरेको थिएन। तर, पुलामी परिवारले उनीहरुलाई मगर परम्पराअनुसार घरमा स्वीकार गरेको विनुका भाइ भद्र पुलामीले बताए।

‘दशैंमा आफूलाई एक्लै राखेर दिपेन्द्रको परिवारले टीका लगाएको भनेर फोन गरेकी थिइ, त्यसपछि केही खबर छैन,’ भद्रले भने। उनले परिवारले अनेक बाहाना बनाएर दिदीलाई छुटाउन चाहेको बताए। मलाई जहिले पनि मार्न सक्छन् भनेर विवाहको प्रमाण स्वरुप विनुले विवाह प्रमाणको कागज पनि बनाएर आफूलाई दिएको उनले सुनाए।
पाल्पाका प्रहरी उपरीक्षक हरिराज वाग्लेले उजुरी परेसँगै अनुसन्धान अगाडी बढेको बताए। उनी भन्छन्, ‘हामी अनुसन्धानको क्रममा छौं। शव परिवारजनले विनुकै भएको बताएका छन्।’ दिपेन्द्रका आफन्तजन सम्पर्कमा रहेको र दिपेन्द्र फरार रहेको वाग्लेले बताए।

विनुले पाईनन् गुहार

विनु पुलामी परिवारबाट हिंसा यातना पाएको भन्दै गुहार माग्न भदौ २१ गते महिला तथा बालबालिका कार्यालय पाल्पा पुगेकी थिएन्। पति दिपेन्द्रबाट अनेक यातना पाउँदै आएको उनको गुनासो थियो। उनले महिला कार्यालयमा नागरिकता र विवाहदर्ता प्रमाण बनाइदिन आग्रह गर्दा पतिबाट इन्कार भएको र यातना भोग्नु परेको बताएकी कार्यालय श्रोतले जानकारी दियो। उनी त्यहाँबाट सामान्य परामर्श लिएर फर्केकि थिइन्।

दिपेन्द्र अर्कै युवती लिएर फरार

सोमबारदेखि वेपत्ता दिपेन्द्रले अर्की एक युवती लिएर भारततर्फ लागेको शंका गर्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। भारतको गोरखपुरबाट विनुका आफन्तलाई म विनु हुँ भनेर एक युवतीले फोन गरेको भन्दै अफन्तले प्रहरीमा वयान दिएका छन्।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv