Latest Updates :

निर्माणाधीन भाटभटेनी कम्प्लेक्सको खाल्डोमा शव....


SHARE THIS POST :

भक्तपर, ३० कात्तिक । मापदण्ड विपरीत बिनास्वीकृत भवन निर्माण गरेको भन्दै गत २३ गते मध्यपुर थिमि नगरपालिकाले सिलबन्दी गरेको मध्यपुर थिमि नगरपालिका–९ राधे राधेस्थित निर्माणाधीन भाटभटेनी कम्प्लेक्समा शङ्कास्पद अवस्थामा आज एक किशोरको शव भेटिएको छ ।

७४ बर्षीया प्याग्लाइडीङ चढने हजुरअामा भन्नुहून्छ …

निर्माण भइरहेको भवनको जग (हात्तीपाइले) राख्न बनाएको भवनको बीच खाल्डोमा जमेको पानीमा बर्दिया सूर्यपटुवा–१ घरभई सोही कम्प्लेक्समा काम गर्दै आएका १८ वर्षीय विक्रम चौधरीको डुबेको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।

सिलबन्दी गरेकै भवनभित्र निर्माण पक्षले मापदण्ड विपरीत भवन निर्माणको कामलाई निरन्तरता दिइरहेकै बेलामा कामदारको शव भेटिएको हो । भवनमा पानी हाल्दा करेन्ट सर्ट भएर वा अरू नै कारणले मृत्यु भएको हो वा हत्या भएको हो भन्ने बारेमा प्रहरीले आजैबाट अनुसन्धान अगाडि बढाएको उहाँले बताउनुभयो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv