लाइट नेपाल
के सी शेर अष्टिन टेक्सास, अमेरीकामा नर्सिङ अध्यनरत एक नेपाली छात्रा मृत अवस्थामा भेटिएकी छिन् । अमेरिकाको अक्लोहामा स्थित इष्ट सेन्ट्रल यूनिर्भसिटीमा नर्सिङ अध्ययनरत नेपाली विद्यार्थी निशा कार्कीको बुधवार बिहान मृत अवस्थामा भेटिएकी हुन् ।
२० वर्षीया निशाको आफ्नै निवासमा अकस्मात निधन भएको तथा निधनको कारण जानकारी गराइएको छैन । कार्की करिब एक वर्ष अघि स्टुडेन्ट भिसामा अमेरिका आएकी थिइन । नेपालको गोरखा घर भएकी निशाको आमा मात्र छिन् । सामान्य परिवार त्यसमाथी सानै हुदां बाबु गुमाएकी निशाकी आमा कल्पनाले रेष्टुरेन्टमा काम गर्ने गरेको तथा निशाको स्कुलको पढाई खर्च समेत एक जना विदेशीले सहयोग गरेको बताइएको छ । निशाको परिवारको इच्छा अनुसार उनको मृत शरीर नेपाली समुदायको सहयोगमा नेपाल पठाउन लागिएको तथा नेपाली समाजले गो फण्ड मार्फत सबैलाई सहयोगको लागि आग्रह गरेको नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेले बताउनुभयो । सहयागको लागी यहा“ थिच्नुहोला ।
Post a Comment