Latest Updates :

हामी अभिभावक सम्झेर तपाईं कहाँ आउछौ तपाईं कारागार पठाउने भन्दै प्रचण्ड संग गृहमन्त्री निधिको राजीनामा माग


SHARE THIS POST :
प्रकाशित मिति: मङ्गलवार, मंसिर ०७, २०७३ समय - १२:३८:५८
काठमाडौं,  मंसिर । द्धन्द्धपीडित सुरक्षा परिवार संघका परिवारलाई प्रहरीले धरपकड गरेको भन्दै पीडित परिवारले गृहमन्त्रीको राजिनामा मागेका छन् ।


सोमबार रिपोर्टर्स क्लब नेपालमा द्धन्द्धपीडित परिवार संघले पत्रकार सम्मेलन गरेर यस्तो माग गरेका हुन् । उनीहरु आज बिहान साँढे ७ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफ्ना मागहरु राखेका थिए ।

प्रधानमन्त्री दाहालले पनि उनीहरुको मागका बारेमा आफू गम्भिर रहेको र छिट्टै क्याबिनेटमा छलफल गर्ने भनेर आश्वासन दिएको पीडित परिवारले जनाएको छ । तर, प्रधानमन्त्री दाहालले यस्तो आश्वासन दिएपनि शान्तिपूर्ण तवरले धर्नामा बसेका पीडितलाई प्रहरीले धरपकड गरेको जनाएको हो ।

संघकी अध्यक्ष बिना दाहालले शान्ति सम्झौता भएको १० बर्षपुगेको अवसरमा प्रधानमन्त्रीलाई भटेर आफ्ना मागहरूको बारेमा राय लिने उद्देश्यका साथ आफनो नेतृत्वमा ६ जना सहकर्मी प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई जानकारी गराएको उल्लेख गर्दै भनिन्,‘बिहान प्रधानमन्त्रीले द्धन्द्धपीडितका मागहरू सम्बोधन गर्न आफु तयार छु भन्नुभयो, क्याबिनेटमा छलफल गर्छु पनि भएको थियो, कार्यदल गठन गर्छु भन्नु भयो तर उहाँकै नेतृत्वमा रहेको सरकारले भने हामीमाथि उल्टो व्यवहार गर्यो, अब हामीले कसको विश्वास गर्ने ?’

कार्यक्रममका प्रमुख अथिति रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले लोकतन्त्र भनेको पीडितका मागहरूमा मलम लगाउने औषधि भएको बताउँदै पीडितका मागहरू सम्बोधन गर्नका लागी प्रमुख राजनीतिक दलका प्रमुख नेताहरू शेर बहादुर देउवा, केपी शर्मा ओली लगायत सबैसँग आफूले विशेष पहल गर्ने प्रण गरे ।

धमलाले सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले अघि थपे,‘पीडितहरू आफ्नो अभिभावक सम्झेर प्रधानमन्त्रीका जान्छन्, अधिकार माँग्दा त्यहाँबाटै कारागारा पुर्र्याईन्छ भने त्यहाँ लोकतन्त्र हुँदैन, हामी पत्रकारहरूले जहिले पनि पीडितका आवाजको लागी, कानुनी राज्यको लागी, लोकतन्त्रको लागी लड्दै आयौं, फेरी पनि द्धन्द्धपीडित सुरक्षा परिवारको लागी समाचार संप्रेषण गर्न र माग पुरा गराउन तयार हुनुपर्छ, म यो अभियानमा लाग्ने प्रण गर्छु ।’

त्यस्तै कार्यक्रममा रामकुमारी थापाले सुचना पाउने र अधिकार सुनाउने मौलिक अधिकारबाट बञ्चित गराएको भन्दै आफुहरूमाथि भएको ज्यादतीको घोर भत्र्सना गरिन ।

ममता नगालले कमल पोखरीबाट खटिएको डिएस्पी महेश थापाको टोलीले शान्तिपुर्वक तरिकाले धर्नामा बसेका एकल महिलामाथि अपशब्द प्रयोग गर्दै हात हालेको आरोप लगाएकी छन् । उनले भनिन्, ‘यस्तो अनैतिक काम गर्न कसले आदेश दियो ? यो आदेश गृहमन्त्री विमलेन्द्र निधिको हो भने, उहाँले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।’




SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv