काठ्माण्डौ ०३ मंसिर :
आजका दुनियाका नम्बर एक विश्वविख्यात बैज्ञानिक स्टेफोन हकिङले मानव सभ्यतालाई बचाउन एक हजार सालभित्र अर्को ग्रह खोज्नु पर्ने वताएका छन । उनको दाबी अनुसार १००० सालपछि मानव सभ्यता यस धर्तिमा रहने छैन । हकिङ्गले अक्सफोर्ड यूनियन डिबेटिंग सोसाइटीमा बोल्दै यो कुरा वताएका हुन ।
उनका अनुसार मानिस यूनिवर्सको एउटा सानो हिस्सा मात्र हो । पृथ्वी यतिकमजोर भैसकेको छ कि आउदो एक हजार बर्ष पछि, पृथ्वीले जिवन धान्दैन – यो नष्ट हुनेछ त्यसैले बाच्न अर्को ग्रह खोज्नै पर्छ । आउदो सताब्दीमा जलवायू परिवर्तन र परमाणु-आतङ्कवाद मुख्य समस्या रहनेछन । हकिंगले आफ्नो स्पीचमा यूनिवर्स, आइंन्स्टानको थ्योरी, मिथ्स र ईश्वरको समेत चर्चा गरे ।
उनले थपे यदी मानव सभ्यता बचाइराख्ने हो भने यो धरती छोड्नै पर्छ । हुन सक्छ धर्ती नष्ट हुन केहि ज्यादा समय पनि लाग्ला तर त्यो भन्दा पहिलेनै मानव जातीले अन्तरिक्षको कुनै अर्को ग्रहमा स्थानान्तरण हुनै पर्छ । जसका कारण यो धरती सकिएपनि मानव सभ्यता बाची रहन्छ ।’
२००९ मा नासाले अन्तरिक्षमा यो धरती जस्तै ग्रहको खोजीको लागि अभियान चलाएको थियो । जुन खोजमा अन्तरिक्षमा यस्ता ४६०० ग्रह रहेको र ति मद्धे २३०० ग्रहमा बस्न सकिन्छ ।
श्रोत :
Post a Comment