Latest Updates :

ओलीलाई प्रदेशीको पत्र: काका राष्ट्र बचाउनका लागि लड्नुहोस विदेशिएका ४० लाख युवाहरुको साथ छ !


SHARE THIS POST :

आदरणीय ओलि काका, क्षितिजपारिका यी प्रदेशिहरुबाट न्यानो अभिबादन अनि लाल सलाम !!
देश अहिले अत्यन्तै कठिन परिस्थितिमा गुज्रिरहेको हामी सबै नेपालिले अनुभुत गरेकै छौ।चार करोड जनताको अपमान स्वरुप केही राजनैतिक दलका नेताहरु आफ्नो ब्यक्तिगत स्वार्थमा पनि रुमल्लिएको हामी सबै जानकार नै छौ।यो देश चार वर्ण छत्तिस जातको साझा फुलबारी कहलिएको एकातिर ईतिहास छ भने यो गरिमा र जनताको भावनालाइ लत्याइ जातका नाममा,भुगोलका नाममा लडाइ झगडा मच्चाइ आफ्नो राजनैतिक स्वार्थ पुर्ती गर्न अर्को तर्फ केही लेण्डुप दोर्जेहरु लागेको घाम जस्तै छर्लङ्ग छ। नेपाल ईतिहास देखी नै आफ्नो गरिमा बोकेर यो काल खण्डसम्म आएको कुनै माइकलालले नकार्न सक्दैन।हाम्रा जिजुबाजेले दुखले आर्ज्याको यो स्वाभिमानी देश र यहाका जनता सधै अरु देशको हस्तक्षेप मुक्त भएर बस्न चाहन्छन।

भलै हामी भुपरिबेस्ठित रास्ट्रका नागरिक हौ,तर हामी सग देसमा अथाह प्राकृतिक स्रोत र साधनहरु छन जसको उत्पादन,बितरण गर्न मात्र सकियो भने यो देश र यहाका हामी बिस्वमै एक स्वणिम देसका नागरिक कहलिन्थ्यौ ।तर यहाँ गर्ने कस्ले??साथ दिने कसले??देसको बिकास र जनताको स्वाभिमान भनेको कुन चरिको नाम हो?भनेर पलेटी कस्नेको कमि छैन यो देसमा।नेपाली राजनिती देखि वाक्क दिक्क भएका हामी जनता अनि विशेष गरि देसको त्यो परिस्थिती,बेरिजगारिले गर्दा बिदेशिएका हामी ४०/५० लाख नेपाली युवाजोस अहिले तपाइको नेपाली राजनितिमा उदय सगै निकै आशाबादी र गौरवान्वित भएका छौ। जनताको नेतृत्व गर्ने मान्छेमा देश र त्यस देसका जनताप्रती माया,सद्भाव अनि रास्ट्रीय भावना हुनै पर्छ।यसो नहुदा हिजोका इतिहासले राणा शासन,पन्चायत र जहानिया राजतन्त्र फालेको पल हामी सग आँखा अगाडि नै छ।

अहिले हामी गणतान्त्रिक नेपालका नागरिक छौ,देसमा गणतन्त्र त आयो तर गणतन्त्रका प्रतिपादक हामी हौ भन्ने,हिजो हिंसा हत्या,लुटपाट मच्चाएर नेपाली जनताको उन्मुक्ती र बिदेशी हस्तक्षेपको बिरोध गर्ने,आफुलाइ कुनै क्रान्तिकारी,सर्बहारा जनताको पार्टी भन्ने आज पुजिबाद र बिदेशी लम्पसारमा परि हिजो सत्र हजार भन्दा बढी निमुखा जनताको हत्यालाइ तिलान्जली अनि देसको स्वाभिमानलाइ बिदेशी सामु सुम्पिदै गरेको तितो यथार्थ हामी माझै छ अनि देसको प्रमुख पार्टिको के कुरा गर्नु उसको रासनपानी देखि हरेक कुरा उतैबाट आउने हुनाले आफ्नो अस्तित्व अनि देसको अस्तित्व जति खेरपनी उनलाइ सुम्पिन हतारोमा छन।

हामी दुई ठुला देसका बिचमा अवस्थित सानो आकारमा छौ।सानै भएपनी हाम्रो अस्थित्व,स्वाभिमान अनि देसको भौगोलिक बनावटले हामी बिश्वमै चर्चित छौ।हामी माझ अथाह प्राकृतिक श्रोत छ।आज यहि श्रोत देखेर नै हामी सग दक्षिणी सिमातिर अवस्थित देस अनेकौ प्रपन्च गरि देश लुट्न चाहन्छ,हामिलाइ झुकाउन चाहन्छ।हामी भन्दा उनिहरु बिकास र पैसाले धेरै शक्तिशाली मानिन्छ्न।हाम्रा केही राजनैतीक दलका नेताहरु पहिल्यै देखि नै यहि पावरले गर्दा सत्ताको लागि होस वा भत्ताको लागि उनको शरण परेको अनि देसका प्राकृतिक स्रोतसाधहरु देश हित बिपरित,कौडिको भाउमा बेचेको हामि सबै जानकार छौ।ती मान्छेहरु हाम्रो स्वार्थ पुर्तिको लागि अझै सम्म त्यही काममा ब्यस्त छन अनि छिमेकिले उनिहरुलाइ औजार बनाएर देसको भुभाग आफ्नो देसमा गाभ्ने र हाम्रो देसको अस्तित्व धरापमा पार्ने प्रपन्च रचिरहेको छ।तर यो गलत कुरा हामी नेपालिलाइ कदापी स्विकार्य छैन।

हिजो त्यही स्वार्थका नाममा देसलाइ नाकाबन्दी लाइयो र नेपाली जनतालाइ कस्टकर जीवन जिउन लाउनेपनी ती छिमेकी र हामी माझै रहेका केही दलाल नेताहरु नै हुन।तपाईंले सत्ता सम्हाले ताकाबाट हामिले देसमा गौरबको अनुभूति गरेका थियौ।तपाइले देस र जनतालाइ हेर्ने नीति अनि बिकासका योजनाहरुले देसका हरेक नागरिकलाइ छोएको छ र चार चार महिनाको नाकाबन्दिमा पनि सुख्खा रोटिको साथमा तपाइको जयजयकार गर्न पछि हटेनन नेपाली जनता।हामी ४०/५० लाख बिदेशिएका युवाहरु होस वा नेपालमा रहेका जनता,देस सधै बिकासको गतिमा अघि बढोस,बिदेशी हस्तक्षेपले मुक्ती पाउस,जात/भुगोल र धर्मका नाममा राजनिती बन्द गरियोस भन्ने चाहन्छौ तर यहाँ कुनै मान्छेहरुले आफ्नो राजनैतिक फाइदाकोलागी हिजो मिलेर बसेका जातजातिलाइ उचाल्ने,लडाउने,भुगोल(तराइ/पहाड)मा आगो दन्काउने काम भैरहेको छ।यो काम हामि नेपालिको हुँदै हैन यो माग भारतिय बिस्तारबादी नितिमा केही नेपालीहरु पैसामा बिकेकोले हुदैछ।त्यही स्वार्थमा चुर्लुम्म डुबेर नै हिजो तपाइलाइ सत्ताबाट फालियो त्यो हामिले बुझेका छौ र सधै तपाइले देस र जनताप्रती देखाएको बाटोमा हिड्न तयार छौ।

जिन्दगिको गोरेटोमा हिड्दै गर्दा कहिले ठक्करपनी लाग्छ तर त्यही ठक्करले गर्दा देस र जनतालाइ बन्धक बनाएर बिदेशी स्वार्थ सामु हामी घुडा टेक्नु हुदैन भन्ने हाम्रो धारणा हो।देसमा जारी गरिएको सम्बिधान नेपाली जनताको इच्छा बमोजिमको थियो,हिजो जारी गर्दा देखि नै आफ्ना केही आसेपासेलाइ लाएर भारतले उचालेको र बितण्डा मच्च्याएको हामी माझ छर्लङ्ग छ।आज त्यही नाममा देसलाइ अप्ठ्यारो स्थितिमा पुर्याउने काम देसका माओ काङ्ग्रेसले गर्दैछ्न।सत्तामा रहेर नेपाली हित बिपरित सम्बिधान सन्सोधन गर्ने प्रपन्च र बिदेशी प्रभुलाइ खुसी पार्ने ठूलो दाउ हुदैछ। तसर्थ यी देसको हित बिपरित देसलाइ टुक्र्याउने खेलमा लागेका अतिबादी समूह बिपरित तपाईं र नेकपा एमालेले खेलेको भुमिका उल्लेखनीय छ,देस र जनता भन्दा ठूलो अरु केही हुँदै हैन।देसको स्वाभिमान बेचेर भारु र डलरमा रमाउन चाहनेहरुप्रती सधै सजग भै अघि बढ्नुहोला । बिदेशमा रहेका ४०/५० लाख स्वाभिमानी,देसको सदा हित चाहने युवा जोसहरु तपाइको हरपलको साथ रहनेछ्न र परि आए प्रबासको भुमी छोडेर मातृभुमिको इज्जत रक्षार्थ तपाइको साथ रहने बाचा गर्दछौ।जय देश!जय स्वाभिमान!!जय नेपाल !!

उही

तिर्थराज भट्टराई (हाल अबुधाबी) बाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv