Latest Updates :

खुकुरी देखाएर मुख थुनी ‘छोरीसमान’ किशोरी बलात्कार गरेर नेपाली कांग्रेस नेता फरार, प्रहरीले खोज्दै


SHARE THIS POST :
लाइट नेपाल
खोटाङ, ८ मङ्सिर –  छोरीकै उमेरकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा खोटाङ दोर्पाचिउरीडाँडा–४ स्थित लामीडाँडा निवासी नेपाली काङ्ग्रेसका स्थानीय नेता ३५ वर्षीय महेन्द्रबहादुर खत्री विरुद्ध उजुरी परेको छ ।
गोठमा राति एक्लै सुतिरहेकी ‘छोरीसमान’ एक १८ वर्षीया किशोरीलाई कात्तिक २९ गते बेलुका खुकुरी देखाएर मुख थुनी खत्रीले जबर्जस्ती बलात्कार गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ । उनी सोही दिनदेखि फरार रहेको पीडितपक्षका परिवारले बताएका छन् ।
पीडितले दिएको उजुरीको आधारमा पीडक खत्रीलाई खोज्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो । बलात्कृत किशोरीलाई मङ्सिर ६ गते बेलुका जिल्ला अस्पतालमा ल्याएर उपचार गरिएको छ । उनको अवस्था सुधार हुँदै गएकाले आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv