Latest Updates :

आरजुले भारतमा यसरी फसाइन् देउवालाई


SHARE THIS POST :
न्यूजअभियान | प्रकाशित मिति : २०७३ कार्तिक २३ मंगलबार

काठमाडौं, २३ कात्तिक ।  ‘म भारतको पुत्र थिएँ र प्राचिन भरतीय विचारको प्रचारक हुन्,’ दलाई लामाले प्रत्यक्ष भिडियो प्रसारणमार्फत बोलेर भारतको पर्यटकीय राज्य गोवामा भाजपा निकछ थिंक ट्याकंले आयोजना गरेको सेमिनार उद्घाटन गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उद्घाटन समारोहका प्रमुख वक्ताका रुपमा सहभागि थिए ।

सहभागिमध्येमा तिब्बती शरणार्थीहरुद्वारा चुनिएका प्रधानमन्त्री डा. लोब्साङ साङ्गे पनि थिए । गत शनिबार मुख्य वक्ता रहेका साङ्गेले भने, ‘तिब्बती आन्दोलन मेड इन इण्डिया हो ।’

भावी प्रधानमन्त्रीका रुपमा प्रक्षेपित देउवा र तिब्बती नेता लोब्साङलाई सेमिनारको वक्ताको रुपमा डाकिनु र दलाई लामालाई उद्घाटन गर्न लगाउनुभित्र भारतको रणनीतिक स्वार्थ बुझ्न सकिन्छ ।

चीनले दक्षिण एसियामा प्रभाग बढाउँदै जाँदा धर्मशालामा दलाई लामालाई राखेर चीनमाथि राजनीतिक दबाब सृजना गर्ने गरेको भारतले अर्को अस्त्र फ्याँक्दै छ ।

यसको ग्राण्ड डिजाइन भारतमा धेरै अघि गरियो र गोवाबाट मूत रुप दिने रणनीति चालियो ।

योजना अनुसार भारतले पश्चिमा शक्तिको आडमा नेपाली भूमिबाट तिब्बती गतिविधि बढाउने र त्यसका लागि देउवालाई सत्ताका पुर्याएर प्रयोग गर्ने रणनीति सम्म बनाएको छ ।

यस घटनापछि देउवा पश्चिमाहरुको एजेण्ट मात्र नभई भारतको समेत एजेन्ट बन्न पुगेका छन् ।

देउवाको यही समपर्णका कारण उनलाई जेएनयुले सम्मान पनि गरेको छ । यस्तै सम्मान रुसी राष्ट्रपति गोर्वाचोभलाई नोबेल शान्ति पुरस्कारबाट न्यूयोर्कमा गरिएको थियो ।

देउवा पछिल्लो समय भारतका अतिप्रिय हुँदै गएका छन् । देउवाको भारतसँगको सम्बन्ध सुदृढ बनाउन पत्नी आरजु राणाले निकै भूमिका खेलिन् ।

जोगीदेखि भारतका प्रभावशाली अधिकारीसम्मलाई दिल्लीका गल्ली गल्ली पुगेर भेटिन् ।

पछिल्लो समय देउवाको भारत भ्रमणको चाँजोपाँचो मिलाउन आरजु नै मुख्य खेलाडी बनिन् । पश्चिमाहरुसँग निकट सम्बन्ध राखेकी आरज र देउवाको लगनगाँठोमा समेत राजनीति अन्र्तनिहित छ ।

रणनीतिक चातुर्य भएकी आरजुले देउवालाई सत्तामा पुर्याउन देउवालाई अर्को चक्रब्यूँमा पर्न तयार बनाएकी छिन् ।

उनै आरजुले देउवालाई उकासेर राजालाई लोकतन्त्र बुझाउने अवस्थामा पुर्याएकी थिइन् । अहिले भारतसँगको लम्पसारवाद र देशको भू–राजनीतिक संवेदनशीलतालाई समेत भूलेर तिब्बती धार्मिक गुरुले उद्घाटन गरेको सेमिनारमा सहभागि भए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv