Latest Updates :

बाल गोपाल महर्जन भन्छन ‘नेपालले सोचे अनुसारकै प्रदर्शन गर्‍यो ,सुजल, भरत र विमलको खेल प्रभावशाली


SHARE THIS POST :
लाइट नेपाल



काठमाडौं ३० कार्तिक – ‘नेपालले सोचे अनुसारकै प्रदर्शन गर्‍यो। नेपाली खेलाडीले सबैभन्दा बढी बल आफ्नो पक्षमा राखे। मकाउका खेलाडीलाई दबाबमै राखे। यो नतिजा नेपाली फुटबलको भविष्यका लागि निकै राम्रो हो,’ नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान बालगोपाल महर्जनले भने। नेपालले विगत एक वर्षदेखि नै राम्रो प्रदर्शन गर्दे आइरहेको छ। तर, एएफसीको आधिकारिक प्रतियोगिता जित्नु आफैंमा ठूलो उपलब्धी भएको महर्जनको भनाई छ। पानीको कारण आज मैदानको ‘कन्डिसन’ त्यति राम्रो नभएपनि नेपाली खेलाडीहरूले क्षमता अनुसारको खेल प्रदर्शन गरेको उनको भनाई छ। आजको खेलमा सुजल, भरत र विमलले निकै प्रभाव पारे। मिडफिल्ड र स्ट्राइकरबीचको तालमेल निकै राम्रो देखियो। डिफेन्डरहरूले आज खासै मेहनत गर्नु परेन्। मकाउका खेलाडी सुरुदेखि नै थकित र मनोवल उच्च नभएको देखा परे। ‘नेपाली खेलाडीले धैर्यताका साथ खेले। यसले पक्कै पनि नेपाली फुटबलमा सकारात्मक प्रभाव पार्नेछ। हामीले विदेशमा मात्र खेल्ने होइन, देशभित्र पनि राम्रो फुटबल खेल्ने वातावरण मिलाउनुपर्छ,’ महर्जनले भने। अहिले नेपालमा अन्तर्राष्ट्रिय फुटबल खेल्ने मैदान छैन्। भुइँचालोका कारण देशको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला पनि भताभूङ अवस्थामा हुनु भनेको नेपालको चिन्ताको विषय भएको महर्जनको गुनासो छ। ‘नेपाली खेलाडीले आफूमा अपूर्व क्षमता भएको प्रमाणित गरेका छन्। त्यसैले अब राज्यले पनि देशको सबैभन्दा लोकप्रिय खेललाई व्यवस्थित रुपले कसरी अगाडि बढाउने भन्ने कुरामा विशेष ध्यान दिनु जरुरी छ,’ उनले लाइभ खेल हेर्दै बताएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि ‘ए’ डिभिजन लिगलाई महत्व दिए नेपाली फुटबलको भविश्व उज्वल हुनेछ। यसलाई एउटा सिँडी सम्झेर निरन्तरता कायम गर्नु जरुरी रहेको उनको भनाई छ। श्रोत सेतो पाटि बाट


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv