Latest Updates :

धन कमाउन विदेश गएका शिवराम खत्री, कुवेतबाट ‘कोमा’मै फर्किए… दुखद खबर हेरेर शेयर पनि गर्नुहोस>>>


SHARE THIS POST :

काठमाडौं । रोल्पाको जानकोट-५ का शिवराम खत्री सोमबार बिहान कुवेतबाट काठमाडौं आइपुगे । तर, उनीसँग अहिले न हातमा पैसा छ, न अब भविष्यका लागि कुनै योजना नै । किनभने उनी अहिले अचेत अवस्था (कोमा) मा छन् ।
धन कमाउन विदेश गएका खत्री सबैभन्दा ठूलो धन मानिने ‘स्वास्थ्य’ नै गुमाएर फर्किएका छन् । उनलाई त्रिभुवन विमानस्थलबाट सीधै पाटन अस्पतालमा उपचारका लागि लगिएको छ ।

३४ वर्षीय खत्रीलाई ओमन एयरमार्फत कुबेतबाट ‘मेडिकल स्कर्टिङ’मा नेपाल ल्याइएको हो । उनी कतारमा झण्डै २ वर्षअघि कार्डिक एरेष्टको शिकार भएका भएका थिए ।



पारिवारिक स्रोतकाअनुसार कम्पनीबाट विदामा आएर कुवेत फर्किएको केही दिनमै उनी अस्वस्थ भएका थिए । उनलाई ‘ओनेक्सिक ब्रेन ड्यामेज’ पनि भएको छ । उनी कुवेतमा लामो समय उपचार गरेर पनि स्वस्थ नभएपछि कोमामा नै नेपाल फर्किएका हुन् ।
कुवेतस्थित राजदूताबासले पाटन हस्पिटसँग समन्वय गरेर उनलाई नेपाल पठाइएको जनाएको छ । उनी कतारको सुल्तान असद सुल्तान जेनेरल कम्पनीमा कार्यरत थिए ।

उनलाई लिएर आएका कम्पनीका प्रतिनिधि र नर्सिङ सहयोगीले पाटन अस्पतालका डाक्टरलाई उनको मेडिकल डिटेल बुझाएका छन् । खत्रीको कुवेतमा २२ महिनादेखि उपचार चलिरहेको थियो ।

उनलाई अब पनि निरन्तर मेडिकल केयरको आवश्यक्ता रहेको उनको रिर्पोटमा उल्लेख छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv