Latest Updates :

तपाईले याद गर्नु भएकोछ ? सुरक्षाका कारण गुगुलले पनि देखाउँदैन यी क्षेत्रहरु


SHARE THIS POST :

गुगलले सुरक्षाका कारण देखाउँदै विश्वका केही स्थानहरुलाई ब्लक गरेको छ। सुरक्षा संवेदनशिल मानिएका ती स्थानहरुमा हेर्न नमिल्ने गरी ब्लर गरिएको गुगलले जनाएको छ। अमेरिका, चीन रुस र इजराइल लगायतका केही देशहरुको स्थानहरुलाई गोप्य भन्दै गुगलले ती स्थानहरु तस्बिरमा हेर्न नमिल्ने बनाएको हो।
नेदरल्याण्डको भोलकेल एयरवेस गुगलबाट नेदरल्याण्डको भोलकेल एयरवेस हेर्न सकिदैँन । जुम गर्दा निकै धमिलो बनाइएको छ। यसलाई त्यहाँका सेनाहरुले प्रयोग गर्दै आएका छन्। त्यहाँ ऐरा न्युक्लियर राखिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन्। रोसेस स्पेन यो स्पेनको कातालोनियामा अवस्थित छ। यहाँ अमेरिकी एयरफोर्स ८७५ एयर क्राप्ट कन्ट्रोल गर्ने स्थान हो।


नेसनल सेक्युरिटी चाइना चीनको नेसनल सेक्युरिटीको यो मुख्यालय हो । इन्टेलिजेन्सहरु भेला हुने संस्था हो। नाटो एयरवेस गेलसेलकिरचेन नर्थ एटलान्टीक ट्रिटी संस्थाको यो एयरवेस हो । हेलिपोर्ट द कारटाजेना स्पेन यो महत्वपूर्ण विमानस्थल हो । यहाँ भिभिआइपी र भिआइपीहरु मात्र उडान तथा अवतरण गर्छन। युइस मेक्सिको बोर्डर हडसेपेथ कन्ट्री टेक्सास अमेरिका र मेक्सिकोको सिमा क्षेत्रको १५ माइल क्षेत्र पनि गुगलले ब्लक गरेको छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv