काठ्माण्डौ १५ मंसिर:
विश्वविद्यालयले विद्यार्थीहरुका लागि पोशाकमा कडा नियम लगाएको विरोधमा हंगेरीको एक विश्विद्यालयका विद्यार्थी कक्षाकोठा भित्रै नांगिएका छन । विद्यार्थीको उक्त निर्वस्त्र विरोध प्रदर्शनमा एक जना प्राध्यापकले पनि साथ दिएका हुन । कपोस्वार विश्वविद्यालयले आफ्नो कला संकायका विद्यार्थीलाई उत्तेजक कपडा लगाएर क्याम्पसमा आउन रोक लगाएपछि विद्यार्थीहरु निर्वस्त्र विरोध प्रदर्शनमा उत्रिएका हुन ।
विश्वविद्यालयले खासगरी छात्राहरुलाई वक्षस्थल बढी देखिने तथा तिघ्रा देखिने गरी मिनिस्कर्ट लगाउनमा बन्देज लगाएको थियो । तर यस्तो नियमको विरोधमा बिहिबार १० जना छात्रछात्राले कक्षा कोठाभित्रै नांगिएर ससक्त विरोध जनाए । त्यसक्रममा युवतीहरुले किताबले आफ्नो गोप्य अंग ढाक्ने प्रयास गरेका थिए । नांगिने केटीहरुलाई केटाहरुले पनि साथ दिए र साथमा एक जना शिक्षक पनि नांगिए । विद्यार्थीहरुले आफ्नो यो निर्वस्त्र विरोध प्रदर्शनको एक भिडियो समेत खिचेका छन् र स्थानीय एक समाचार साइटमा अपलोड गरेका छन ।
SHARE ON
Post a Comment