Latest Updates :

वि.सं. २०७३ साल कार्तिक ३० गते। मंगलबार। इश्वी सन् २०१६ नोभेम्बर १५ तारिख। नेपाल संवत् ११३७ कछलागा। मार्गशीर्ष कृष्णपक्ष। तिथि– प्रतिपदा, १७:३२ बजेउप्रान्त द्वितीया।


SHARE THIS POST :

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। विवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। कामको सन्दर्भमा मान्य व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ। विवेकले काम लिने प्रयत्न गर्नुहोला।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आँटले काम लिन नसक्दा अरूले फाइदा उठाउन सक्छन्। पहिलेको योजना स्थगित हुनेछ भने नयाँ काममा चिताएको फाइदा नउठ्न सक्छ। तपाईंको आत्मविश्वास कमजोर हुने समय छ। अद्यावधिक सूचनाको अज्ञानताले पछि परिएला। आगन्तुकले पनि अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ने स्थिति देखिन्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ। अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिएलान्।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
मेहनतको फल प्राप्त हुनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ। परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका जुट्नेछ। तर लाभांश बाहिरिनाले अर्थअभाव भने देखा पर्नेछ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन्। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन्। तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मेहनतले नयाँ जिम्मेवारी दिलाउनेछ। सहयोगीहरूको साथले लक्ष्य प्राप्ति हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। तर अरूका काममा पनि समय खर्चनुपर्ला। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आवेशमा निर्णय लिँदा समस्यामा परिनेछ। स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ। बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ। प्रयत्न गर्दा भैपरी आउने समस्या सुल्झनेछन्। समस्या दर्साउँदा अरूले साथ दिनेछन्। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। आस मारेको काममा तत्काल लाभ नभए पनि पछिका लागि सकारात्मक संकेतहरू प्राप्त हुनेछन्।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अतिथिको रूपमा सत्कार पाइनेछ। सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अधिकारका लागि केही संघर्ष हुन सक्छ। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। काममा वैधानिक चुनौती देखापर्न सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
आँटले काम बन्नेछ भने बुद्धि लगाउँदा सजिलै लक्ष्य प्राप्त गर्न सकिनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। सहपाठीहरूलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुन सक्छ। मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। परिवारजनमा आमाको सहयोगबाट सोचेको काम सम्पादन हुन सक्छ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ। परिस्थितिअनुसार चल्न नसक्दा पछि परिनेछ। पुरानै समस्याले अप्ठ्यारोमा परिएला। सहयोगीहरू पछि हट्नेछन् भने प्रतिस्पर्धीहरूले सताउन सक्छन्। आफ्ना योजनाहरू गोप्य राख्नुहोला। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। परिवारमा असमझदारी बढे पनि मेहनतले बिस्तारै फाइदा दिलाउनेछ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv