अभिनेता सलमान खान पूर्वप्रेमिका संगीता बिजलानी एक पार्टीमा भेटिएका छन् । पछिल्लो समय प्रेमिका युलिया बन्तुरसँग ब्रेकअप भएको खबरले चर्चामा रहेका सलमानलाई पूर्वप्रेमिका संगीताको साथमा देख्दा बलिउडकर्मी मात्र होइन, मिडियाम्यान पनि चकित परेका छन् ।
फिटनेस प्रशिक्षक डिने पाण्डेले आयोजना गरेको पार्टीमा पुगेका सलमानको पूर्वप्रेमिका संगीतासँग भेट भएको हो । सो पार्टीमा सलमान र संगीताका साथै अरबाज खान, अमृता अरोडा, अतुल अग्निहोत्रीलगायतका बलिउडकर्मी पनि थिए । अभिनेता चंकी पाण्डेकी साली डिनेले वेलावेलामा सेलेब्रेटीलाई बोलाएर पार्टी दिने गरेकी छिन् । पार्टीमा सलमानले राम्रैसँग मदिरा पिएको भारतीय अनलाइनले उल्लेख गरेका छन् । पार्टी सकेर फर्किंदासमेत सलमानलाई कारमै मदिरा उपलब्ध गराइएको फोटो चर्चित भएको छ । सलमान र संगीताले निकै खुलेर कुराकानी गरेको पनि बताइएको छ ।
Post a Comment