Latest Updates :

करिना कपुरलार्इ प्रसव व्यथा, अस्पताल भर्ना


SHARE THIS POST :
एजेन्सी, मंसिर ३

बलिउड अभिनेत्री करिना कपुरलाई अस्पताल भर्ना गरिएको छ। गर्भवती रहेकी करिनलाई पश्रव पीडा भएपछि उनलाई अस्पताल भर्ना गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्।
संचारमाध्यमले करिना छिट्टै आमा बन्ने उल्लेख गरेका छन्। करिना पहिलो बच्चालाई जन्म दिँदैछिन्। करिनाका श्रीमान सैफ अली खान र उनको परिवार नयाँ बच्चाको पर्खाइमा रहेका छन्।
करिना र सैफअली खानबीच १६ अक्टोबर २०१२ मा विवाह भएको थियो। सैफले पहिलो विवाह अमृता सिंहसँग गरेका थिए। उनीकी पहिली श्रीमती अमृताबाट दुई सन्तान छन्। सैफ र करिनाको जोडीलाई सैफीनाको नामले पनि चिनिन्छ। करिना र सैफबीचको प्रेम २००८ बाट सुरु भएको बताइएको छ।
सामान्यतया गर्भवती महिला गर्भावस्थामा आराम गर्न रुचाउँछन्। तर करिना भने गर्भवती अवस्थामा पनि शटिङमा व्यस्त थिइन्। गत बुधबार मात्रै करिनाले एक म्यागेजिनका लागि फोटोशुट गराएकी थिइन।
संचारमाध्यमका अनुसार करिनालाई अस्पतालले डिसेम्बर ४ मा डेलिभरी मिति तोकेको छ। करिनाले आफ्नो हुने बच्चाको नामसमेत राखिसकेकी छन्। नेहा धुपियाको शो ‘नो फिल्टर’ मा करिनाले बच्चाका विषयमा खुलेर कुरा गरेकी थिइन्।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv