Latest Updates :

डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिमा जितेसँगै एक लाख बढी नेपालीको भविष्य संकटमा, अमेरिकाबाट नेपाल फर्काइने सम्भावना


SHARE THIS POST :
नेपालबाट अमेरिका जाने तयारी गर्दै गरेका नेपालीहरु पनि पर्ने भए सङ्कटमा
लाइट नेपाल
काठमाडौं, २४ कात्तिक – अमेरिकाको राष्ट्रपतिमा पदमा रिपब्लिकन उम्मेदबार डोनाल्ड ट्रम्पको विजयसँगै अमेरिकामा रहेका अवैध नेपालीहरु चिन्तामा परेका छन् । अमेरिकामा रहेका १० लाख बढी नेपालीमध्ये करीब २ लाखसँग कागजपत्र छैन र उनीहरु गैरकाकानूनी हैसियतमा छन् ।

फाइल फोटो

डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदका उम्मेदवार हुने निश्चित भएदेखि नै पटक– पटक विवादस्पद अभिव्यक्ति दिएका र आप्रवासीप्रति निकै अनुदार मानिन्छन । डोनाल्डले झण्डै एक बर्ष अघि देखि शुरु भएको चुनावी अभियानका क्रममा विभिन्न अनुदार घोषणा गरेका छन् । उनले –मेक्सिको–अमेरिका सिमामा १० फिट लामो पर्खाल लगाउने, यसका लागि आवश्यक पर्ने पैसा पनि मेक्सिकोले दिनु पर्ने, मुस्लिमलाई अमेरिका पस्न बन्देज लगाउनु पर्ने,–गैरकानुनी रुपमा अमेरिका वस्दै आएका आप्रवासीलाई समातेर फिर्ता पठाउने र अमेरिकामा रहेका सवै गैरकानुनी अप्रवासीलाई समातेर २ वर्ष भित्र सम्वन्धित देश पठाउने घोषणा गरिसकेका छन् । राष्ट्रपतिमा विजयी भएसँगै ट्रम्प कसरी अघि बढ्छन । त्यो समयले नै बताउनेछ । तर, उनले घोषणा गरेअनुरुप अवैध आप्रवासी फिर्ता गर्न शुरु गरे अमेरिकाम रहेका १ लाख बढी नेपाली तत्कालै प्रभावित हुने जानकार बताउँछन् । यसले अवैध ढंगले लाखैं रुपैयाँ तिरेर अमेरिका प्रवेश गरेका नेपाली बढी प्रभावित हुनेछन । नेपालीहरु अवैध बाटोबाट विभिन्न देश हुँदै ४० लाख रुपैयाँसम्म्म खर्च गरेर अमेरिका प्रवेश गर्दै आएका छन् । यससँगै नेपालबाट अमेरिका जान चाहने र जाने तयारीमा रहेका नेपालीहरुसमेत प्रभावित हुने देखिएको छ ।




SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv