Latest Updates :

नेपाल विद्युत् प्राधिकरण बनेपा शाखाले विद्युत् चोरी गरेको आरोपमा चारजनालाई पक्राउ गरेको छ ।


SHARE THIS POST :

बनेपा,मंसिर ३। नेपाल विद्युत् प्राधिकरण बनेपा शाखाले विद्युत् चोरी गरेको आरोपमा चारजनालाई पक्राउ गरेको छ ।

प्रहरीसहितको विद्युत् चुहावट नियन्त्रण टोलीले विभिन्न विद्युतीय सामानसहित उनीहरुलाई बिहीबार काभ्रेपलाञ्चोकको देउपुर क्षेत्रबाट पक्राउ गरिएको शाखा प्रमुख नवलकिशोर गोइतले जानकारी दिए ।

पक्राउ पर्नेमा देउपुरका ३० वर्षीय बलराम खड्का, सोही ठाउँका अर्जुन विक, कमल चौलागाईं र अर्जुन ढकाल रहेका छन् । उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालयमा ल्याइएको छ ।

उनीहरुबाट फ्रिज, मोर्टर, टिभी लगायतका सामानसमेत बरामद गरिएको छ । पक्राउ परेकाले प्रयोग गरेको विद्युत् भार पहिचान भएपछि उनीहरुलाई जरिवाना तिराइने उनले बताए ।

शाखा प्रमुख गोइतले जिल्लाभर विद्युत् चुहावटका लागि प्रहरीसहित विद्युत्का कर्मचारी परिचालन भएको जानकारी दिँदै निगरानी बढाउने र विद्युत् चुहावटमा संलग्नलाई पक्राउ गर्ने योजना छ भने ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv