Latest Updates :

तरकारीवाली बन्ने भइन चर्चित मोडेलवाली, पुरा कहाँनी पढ्नुहोस ...


SHARE THIS POST :

तरकारीवाली ने अपने लुक्स से किया इन्टरनेट परकब्जा’(भावार्थ: तरकारीवालीले आफ्नो सौन्दर्यले इन्टरनेट कब्जागरिन्) शीर्षकमा बिबिसी हिन्दी सेवाको अनलाइन संस्करणमा आइतबार राखिएको समाचार सामग्रीअझै लोकप्रियताको पहिलो नम्बरमा कायम छ। अहिले उनको सौन्दर्य चर्चा बिबिसी अनलाइनमा मात्रै होइन, इन्टरनेट भरि छ। तीयुवती हुन्–गोरखाकी चेली कुसमश्रेष्ठ (१८)।

पृथ्वीराजमार्गसँग जोडिएको चितवनको फिस्लिङ बजारपारि गोरखा, भुम्लिचोक–८ को पहाडी गाउँ वाङ्लिङ्की बासिन्दा कुसुम आफ्नो फोटोले‘धुम’मच्चाएको सुन्दादंग छिन् । बिहीबार मध्याह्न भेटिँदा थाहा
भयो– उनी जति सुन्दर छिन् लजालु पनि त्यत्ति नै रहिछन् ।

फिस्लिङ बजार झर्दै गर्दा बाटोमा भेटिएकी कुसुम हामीलाई देख्नासाथ लजाएर जिब्रो टोक्दै मुखै छोप्न पुगिन्। ‘देश, दुनियाँमा यसको फोटो पुग्यो रे भन्ने सुनेको हो । यस्तो चर्चा होला भनेर कसले सोचेको थियो र मेरी छोरी सानैदेखिको लजालु खासै बोल्न जान्दिन,’कुसुम खुल्न गाह्रो माने पछि उनका बुबा ४३ वर्षीय चन्द्रनारायण श्रेष्ठले भने।

निलो कुर्था, रातो सुरुवालमा बुट्टे सल हालेकी सामान्य भन्दा केही अग्ली कुसुम मनकामना मन्दिर जान गाउँबाट झर्दै रहिछन् । खासै शृंगार नगरे पनि उनको अनुहार, जिउडाल र पहिरन मोडलको झैं देखिन्थ्यो। उनी गाउँकी सामान्य परिवारकी एक्ली छोरी रहिछन्।

सामाजिक सञ्जालमा उनको यही तस्बिर भाइरल बनेको थियो।

चितवन रत्ननगरमा बसेर क्वेस्ट मोडल कलेजमा व्यवस्थापन विषय लिएर कक्षा ११ पढ्दै गरेकी कुसुम दसैंदेखि बिदामा घरमा छिन् । बुबा चन्द्रनारायणणले खेतमा फलाएका र अरुको खेतबाट संकलन गरेका टमाटर फिस्लिङ बजारमा बेच्छन् । घरकीएक्ली सन्तान भएका कारण उनले बाबुआमाको काममा सहयोग गर्नुपर्ने हुन्छ ।

गाउँदेखि ट्याक्टरले ओसारे पनि त्रिशूली नदीमा बनेको झोलुंगे पुलतार्न टमाटार राखेको क्रेट बोक्नुपर्ने हुन्छ। कुसुमले टमाटरको क्रेट बोकेर पुलतर्दै गरेको फोटो त्रिशूलीमा र्‍याफ्टिङ सञ्चालन गर्ने एक कम्पनीमा कार्यरत काठमाडौंका रुपचन्द्र महर्जनले खिचेर कात्तिक १२ गते फेसबुकमा राखेका थिए। त्यही फोटोले फेसबुक, ट्विटरमा सनसनी मच्चायो। करोडौं सेयर भएको छ।

‘फेसबुक त मेरो पनि छ । तर यही फेसबुकले मलाई दुनियाँमा फैलाउँछ भन्ने हेक्का थिएन,’ कुसुमले भनिन् । फोटो भाइरल भएको कुरा रुपचन्द्रले नै आफूलाई जानकारी दिएको उनले बताइन् । त्यसपछि फेसबुकमा म्यासेज र फोन आउने क्रमह्वात्तै बढेको छ ।

‘धेरैले हेरे रे ! खै राम्रो नराम्रो के हुने हो थाहा छैन । छोरी खुसीपनि छ,दिक्क पनि छ । सबैले सोधेको सोध्यै गरेपछि बजार झर्न पनि गाह्रो मान्न थालेकी छ,’ बाबु चन्द्रनारायणले भने । व्यवस्थापन पढे पनि आफ्नो चाहना नर्सिङ पढ्ने रहेको कुसुमले सुनाइन् । तर आर्थिक अवस्थाले नसक्ने भएका कारण व्यवस्थापन पढाएको बाबु चन्द्रनारायणले बताए ।

‘एक्लो छोरी हो उसलाई धेरैभन्दा धेरै पढाउने हो। तर खर्चले धान्नु पनि पर्छ । त्यसैले नर्सिङ पढ्ने चाहना भए पनि भर्ना गर्न सकिनँ,’श्रेष्ठले भने । गाउँको भद्रकाली निमाविमा सात कक्षा सम्म पढेपछि उनले कक्षा आठदेखि घ्याल्चोकको ज्ञानमार्ग माविमा पढ्नि । त्यहीँबाट एसएलसी दिइन्। घ्याल्चोकमा तीनवर्ष डेरामा बसेर पढेकी हुन्।

‘तरकारी बेचेको पैसाले थेग्ने विषय नै पढाउने हो,’ चन्द्रनारायणले भने । आफ्नो तरकारी खेतीले घर खर्च र अहिले छोरीको पढाइलाई ठिक्क भएको उनले बताए । फेसबुकमा ह्वात्तै बढेको छोरीको ख्यातिले किसानको पनि महत्वदुनियाले बुझ्दो रहेछ भन्ने उनलाई लागेको छ । ‘मेरो मनमा लागेको त्यत्तिहो, अरु त के नै होला र!’ चन्द्रनारायणले भने ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv