Latest Updates :

‘हेर्नुहोस ,मायाको हुरीले जिन्दगी नै बेहाल बनायो’


SHARE THIS POST :

राजविराज–‘आफनो मायालाई विवाहको रुप दिने जुनसुकै माया गर्ने जोडीको चाहना हुन्छ, त्यही चाहना र संसारभरिका खुशी पाउने ईच्छाका साथ प्रेमीहरुले मायालाई विवाहको रुप दिन्छ’ सरस्वती चौधरीले भनिन्–‘हो, फरक कहाँ हुन्छ र हामीले पनि त्यस्तै गर्यौ ।’

 ‘उसँग हुँदाको पल खुशीको कुनै सिमाना हुदैन्थ्यो’ सरस्वतीले भनिन्–‘तर, आज त्यहीँ मायाको हुरीले जिन्दगी नै वेहाल बनायो । संसारभरिकै खुशी पाउने आशमा दुःख, पीडा र तिरष्कार बाहेक केही पाउन सकिनँ मैले ।’ सासु, ससुरा र जेठाजुबाट घर निकाला गरिएकी सप्तरी रायपुर–८ बस्ने सरस्वतीले आफनो २५ दिनको छोरालाई काखी च्यापेर आफुले भोगिरहेको पिडा सुनाईन् ।

 डेढ वर्ष अघि मन्दिरमा प्रेम विवाह गरेकी उनले सासु गुणवति, ससुरा परशुराम र जेठाजु लाल यादवले घर निकाला गरेपछि बदनामी र विचच्लीको हुन पुगेकी बताईन् ।
आफ्नै छिमेकी २२ बर्षीय प्रकाश यादवसँग प्रेम विवाह गरेकी २० बर्षीय सरस्वती घर निकाला भएपछि न्यायका लागि गुहार माग्न सञ्चारकर्मीको शरण पुगेकी हुन् । मङ्गलवार सदरमुकाम राजविराज पुगेकी सरस्वतीले आफुमाथि परेको पिडा पोख्दै न्यायका लागि पहल गरि दिन सञ्चारकर्मी समक्ष आग्रह गरेकी छिन् ।

 ‘डेढ वर्षदेखि पतिसँग राम्ररी नै बस्दै आएको थिएँ’ सरस्वतीले भनिन्–‘केही दिन यता सासु, ससुरा र जेठाजुले घर छोड्न दवावका साथै शारीरिक र मानसिक यातना दिन थालेको थियो ।’ प्रकाशको अर्कै विहे गर्ने उद्देश्यले त्यस्तो षड्यन्त्र बनाई आफुलाई घर निकाला गरेको सरस्वतीको उनको भनाई छ ।

ज्यानै मार्नेसम्मको धम्की आईरहदा पनि आफुले घर छोडन मानिन्’ उनले भनिन्, ‘तर, पछिल्लो पटक कार्तिक ३ गते पति प्रकाश घर बाहिर रहेको बेला कुटपिट गर्दै घर निकाला गरिदिए ।’ गर्भवती रहेकै अवस्थामा घर निकालामा परेकी सरस्वती माईती गईन र माईतीमै कार्तिक ५ गते छोरो जन्माईन । उनका अनुसार उहिलेदेखि पति प्रकाशको भने अत्तोपत्तो छैन ।

 ‘प्रकाशलाई पटक–पटक उनको मोबाईल नम्वरमा सम्पर्क गर्न खोज्दा आउट अफ रिच आईरहेछ’ उनले भनिन्, ‘पति प्रकाशलाई मसँग सम्बन्ध छुटाउन उनीहरुले लुकाईएको वा विदेश तिर पठाईएको हुन सक्छ ।’ घर निकालाको पिर र पति पनि वेपत्ता रहदाँ यी काखे बालक र आफ्नो गुजारा कसरी चल्ने चिन्ताले भोक र निन्द्रा हराईसकेको भन्दै सरस्वतीले दुःख व्यक्त गरिन् ।

 उनको पिता किसुनदेव चौधरीले यस विषयमा गाउँमा पटक–पटक भद्र–भलादमीको पञ्चायति बसेर परशुराम (पिडितको ससुरा) ले छोरीलाई स्वीकार गरे र अबका दिनमा कुनै किसिमको दुव्र्यवहार नगर्ने बाचा पनि गरेको बताए । ‘बाचा त गर्यो’ तर, व्यवहारमा कुनै परिवर्तन देखिएनन्’ उनले भने–‘यसबारे आफुले जिल्ला प्रहरी कार्यालयमा समेत उजुरी गरेको छु ।’

 उजुरीमा घर निकालामा परेकी छोरीलाई पुनः घर भित्र्याउने तथा शान्ति सुरक्षाका साथ बस्न पाउने वातावरण बनाई दिनका लागि आग्रह गरिएको पिता चौधरीले बताए । मजदुरी गरेर जीवन विताईरहेको चौधरीले भने, ‘आफुलाई मजदुरीबाट दुई जनाको परिवार पाल्न गा¥हो भईरहेको छ, त्यसमाथि छोरीको पिरले झन समस्या खेप्नुपरिरहेको छ ।

’ सरस्वतीको आमा चिन्तादेवीले भनिन्–‘गरिबीमाथि थप छोरीको समस्याले आफुहरुको जीवन पिडादायी भएको छ ।’ उनले छोरीलाई न्याय दिलाउन आवश्यक पहल गरि दिन सञ्चारकर्मीहरुलाई आग्रह समेत गरिन् । एता, जिप्रका सप्तरीका डिएसपी दानबहादुर कार्कीले यसबारे तत्कालै अनुसन्धान गरी आवश्यक कारवाही प्रक्रिया थाल्ने बताए । यस विषयमा केटापक्षको भनाई चाहिँ आउन वाँकी छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv