याद राख्नुस्! घरमा भएका यी वस्तुहरुले बिरामी बनाउन सक्छ....
एजेन्सी । मानिसहरुले धेरै महत्वका साथ कोठाको सजावट गर्छन् ।
कोठामा के राम्रो लाग्छ, कोठाको कहाँनेर के राम्रो लाग्छ, यो धेरै कुराहरुको सोचविचार गरेर एकदम हिफाजतका साथ कोठाको सबै कुनाहरु चम्काउछन् । यो कुनै नराम्रो कुरा पनि हैन ।
एउटा अनुमान अनुसार मानिसले आफ्नो जीवनको ९० प्रतिशत भाग आफ्नो कोठाभित्र विताउछ । यो राम्रो कुरा हो आफ्नो घरमा आराम र मन परेको चीजवस्तु हुनछन् र तीनीहरुकै कारण मानिसलाई कोठमा धेरै राम्रो लाग्छ, तर यो थाहा नहुन सक्छ फर्निचरदेखि पर्दासम्म र टीभीदेखि लिएर कम्प्युटरसम्म केहि खराबी हुनसक्छ जो धेरै खतरनाक हुन्छ ।
यी वस्तुहरुले मानिसलाई विस्तारै चोट पुर्याउन पनि सक्छ ।
तीन विश्वविद्यालय र दुई इन्भाइरनमेन्टल समूहद्धारा गरिएको अध्ययनमा प्रायः कोठाभित्र पाइने चीज वस्तुहरुको विस्तृत ससमिक्षा गरिएको छ । जसको नतिजा हैरान गर्ने खालको छ ।
अध्ययनमा पाइएको छ परफ्युम र रुम फ्रेसरजस्ता कृत्रिम बास्ना आउने चीज प्रायः कोठा भित्र पाइन्छ । यिनीहरुमा रसायन हुन्छ ।
जहिले पनि मानिसले यस्ता चीजहरुलाई कोठा भित्र छिड्कने बेला यसमा भएका रसायनहरु घरभित्रको अक्सिजन र कणहरुमा मिसिन्छन् । यो रसायन धेरै नै विषालु र नोक्सान गर्ने खालको हुन्छ ।
स्वासको साथसाथै शरिरको भित्री भागको लागि पनि काहीँ न काहीँ कोणबाट खतरनाक असर गर्नसक्ने हन्छन् ।
स्वास र प्रजनन् सम्बन्धी बिरामीका साथै यी रसायनहरुले रोग प्रतिरोध क्षमताको लागिपनि धेरै घातक हुनसक्छन् ।
गर्भवती महिला र बालबालिकाहरुका लागि यी चिजहरु धेरै नै संवेदनशील हुन् ।
ड्युक विश्वविद्यालय र इन्भारनमेनटल वर्किङ समूहद्धारा गरिएको अनुसन्धानमा यो बताइएको छ कि गर्भवती महिलाभन्दा पनि उनको पेटमा हुर्किरहेको शिशुमा यस्ता रसायनहरु पाउन सकिन्छन् । फर्निचरका सामानहरुमा टीसीइपीको प्रयोको कारणले फर्निचरलाई सजिलै आगोले समाउन सक्दैन् ।
यस्तै टीसीपी शिशुहरुमा पनि भेटिनछ । यस्तो बाटोमा पुगेपछि नोक्सान हुनेसम्म पुगिहाल्छ । टीसीपीको गम्भिर परिणामलाई ध्यानमा राखेर धेरै ठाउँमा यसलाई प्रतिबन्ध गरिएको छ ।
Post a Comment