Latest Updates :

६८ वर्षपछि आज 'सुपर मुन'


SHARE THIS POST :

काठमाडौं: सोमबार (आज) चन्द्रमा विशेष किसिमको देखिने भएको छ । सोमबारको पूर्णिमाको दिन देखिने उक्त चन्द्रमा ६८ वर्षपछि देखिन लागेको हो ।
अन्तराष्ट्रिय खगोल वर्ष नेपालका अध्यक्ष एवं वरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुसार, उक्त दिन चन्द्रमा केही ठूलो देखिने साथै एकदमै चम्किलो हुनेछ । 'पूर्णिमाको दिन चन्द्रमा पृथ्वीबाट तीन लाख छपन्न हजार पाँच सय ११ किलोमिटरको दूरीमा हुनेछ', अमेरिकी खगोल समाजका सदस्यसमेत रहेका उनले शनिबार अन्नपूर्णसँग भने, 'खगोलीय भाषामा चन्द्रमा तल्लो स्थानमा आइपुग्दाको पूर्णिमाको स्थिति भएकाले यस्तो अवस्था सिर्जना हुने भएको हो ।'
तल्लो स्थानमा रहेको बेलाको पूर्णिमाको चन्द्रमा अरु बेलाको चन्द्रमा भन्दा करिब १४ प्रतिशतले ठूलो देखिने खगोलविद्हरुको भनाई छ । उनीहरुका अनुसार, सोमबार अन्य दिनभन्दा ३० प्रतिशतले चन्द्रमा बढी चम्किलो देखिन्छ । यसअघि २००४ सालको माघ १३ गते चन्द्रमा यति नजिक आएको थियो । खगोलविद्हरुले त्यतिबेलाको चन्द्रमाको स्थितिलाई 'एउटा अलौकिक अवस्था' को संज्ञा दिएका थिए । झन्डै सात दसकपछि देखिने यस्तो घटना हेरेर अनुभूति गर्न उनीहरुको सुझाव छ । उक्त चन्द्रमा जो कोहीले नांगो आँखाले हेर्न सक्नेछन् ।
एष्ट्रो नेपालका अध्यक्ष समेत रहेका आचार्यका अनुसार, अब यस्तै चन्द्रमा देख्नका लागि १८ वर्ष कुर्नु पर्नेछ । 'यसैले पनि यो पूर्णिमालाई विशेष किसिमबाट लिइएको हो, यो पूर्णिमाको चन्द्रमालाई पाश्चात्य समाजमा 'सुपर मुन' भनेर चिन्ने गरिन्छ', उनले थपे, 'वर्षभरिका १२ महिनाका पूर्णिमाको चन्द्रमालाई १२ नामले चिन्ने गरिन्छ भने यो महिना नोभेम्बरको चन्द्रमाको नाम 'विभर मुन' भनेर चिनिन्छ ।' २९ गते सोमबारको उक्त दिन साँझमा टेलिस्कोपबाट चन्द्रमा हेर्ने व्यवस्था तक्षशिला एष्ट्रोनमी क्लबले मिलाएको छ । तक्षशिला एकेडेमीको छतबाट हेर्ने व्यवस्था निशुल्क हुनेछ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv