Latest Updates :

विद्या भण्डारी छिर्दा जानकी मन्दिर अपवित्र, प्रणव मुखर्जी जाँदा पवित्र ?


SHARE THIS POST :

गत वर्ष विवाह पञ्चमीको अवसर पारेर राष्ट्रपति विद्या भण्डारीको जनकपुर भ्रमण निकै चर्चित र विवादित रह्यो । तराईमा मधेस आन्दोलन चर्किरहेका बेला राष्ट्रपति भण्डारीले २०७२ साल पुस १ गते बुधबार जनकपुर पुगेर जानकी मन्दिरमा पूजाअर्चना गरेकी थिइन् ।

त्यसबेला आन्दोलनमा रहेका मधेसवादी दलका कार्यकर्ताले शुभ कार्यमा ‘विधवा’ भण्डारीको प्रवेशले मन्दिर अपवित्र भयो भन्दै राष्ट्रपतिको आलोचना गरे । यतिमात्रै होइन् ‘विधवा’ले मन्दिर परिसरमा प्रवेश गरेर मन्दिर अपवित्र तुल्याएको भन्दै गंगाजलले मन्दिर परिसर पखालेका थिए । मधेसी मोर्चाका कार्यकर्ताहरूले मन्दिर परिसर पखालेको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले प्राथमिकताका साथ छापे । भारतीय अखबार ‘हिन्दुस्तान टाइम्स’ ले त यो घटनालाई महत्वका साथ कभर गरेको थियो ।

त्यतिबेला दुईथरी टिप्पणी आएका थिए । केहीले आन्दोलनका कारण मधेस र काठमाडौको सम्बन्ध चिसिएको बेला राष्ट्रपति भण्डारी जनकपुर पुग्नु सरकारले विवादका लागि ठाउँ झनै फराकिलो पारिदिएको टिप्पणी गरे भने केहीले राष्ट्रप्रमुख भ्रमणको क्रममा देशका विभिन्न भागमा पुग्नु सामान्य भएको बरु यस विषयलाई केही स्वार्थी तत्वले आफ्नो राजनैतिक फाइदासँग जोडेर तल्लो स्तरमा झरेर राष्ट्रपतिको अपमान गर्नु अति निन्दनीय रहेको भन्दै कटु आलोचना गरे ।
राष्ट्रपति भण्डारीको जनकपुर भ्रमणका क्रममा यस्ता संवेदनाहिन आलोचना सामाजिक सञ्जालबाट भएको थियो:
– यसपालिको विवाह पञ्चमीको रौनक अलच्छिनी विद्या देवी भण्डारीले समाप्त पारिन् । ठीकै भनिन्छ कि शुभ कार्यमा अलच्छिनी र विधवालाई उपस्थित हुनुहुँदैन । यहाँ त एउटै महिलामा दुवै गुण थियो ।
– पापी, हत्यारिणी, राक्षसनी, राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिरमा आफ्नो पापले भरिएको खुट्टा राख्दा मन्दिर अपवित्र भएको भन्दै श्रद्धालुहरूले दिएको पवित्र गंगाजल छर्केर मन्दिरलाई पूर्ण पवित्र बनाएको हो ।
तर, विदुर भारतीय राष्ट्रपति प्रणव मुखर्जीले शुक्रबार प्रसिद्ध ऐतिहासिक तथा पुण्य भूमि जनकपुर पुगेर जानकी मन्दिरमा पूजाआजा गरे । जनकपुरमा उनको भव्य स्वागत गरियो । भारतीय राष्ट्रपति मुखर्जीले जानकी मन्दिरको गर्भगृहमा महात्मा सुरकिशोर दासद्वारा प्रतिष्ठापित स्वर्णमयी जानकीजी र भगवान रामका मूर्तिको शास्त्रसम्मत विधिले विशष पूजाअर्चना गरेका थिए ।
राष्ट्रपति मुखर्जीले सो मन्दिरमा रहेका प्राचीन मूर्तिको पनि पूजा गरे । भारतीय राष्ट्रपति मुखर्जी जनकपुर विमानस्थलबाट जानकी मन्दिर र जानकी मन्दिरबाट अभिनन्दनस्थल तिरहुतिया गाछी आउनु हुँदा सडक किनारमा उभिएका सर्वसाधारण नागरिक र विद्यार्थीले हात हल्लाएर स्वागत गरेका थिए । मधेसवादी दलका नेताहरुले पनि मुखर्जीको भ्रमणको प्रशंसा गरे । तर, केहीले भने मधेसवादी दलको दोहोरो चरित्रको आलोचना गरे । पूर्वप्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले लेखेका छन्– सीताको देशको राष्ट्रपतिलाई विधवा भनेर अपमान गर्नेहरु आज तिम्रो स्वामिभक्ति देखियो जनकपुरमा । तिमी उतै जाउ अयोध्या । यसैगरी इटहरीका पत्रकार विराट अनुपम लेख्छन्– ‘२२ वर्ष अगाडि पति मारिएर विधवा बनेकी नेपाली राष्ट्रपति विद्या भण्डारी छिर्दा ‘अपवित्र’ भएको थियो जानकी मन्दिर । एक वर्ष अगाडि पत्नी मरेर विद्युवा भएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी छिर्दा चै ‘पवित्र’ भयो होला ।’

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv