Latest Updates :

विमान दुर्घटनामा निधन हुने खेलाडीको नाम सार्वजनिक


SHARE THIS POST :

विमान दुर्घटनामा निधन भएका ब्राजिलियन क्लबका खेलाडीहरूको नाम सार्वजनिक भएको छ। मंगलबार कोलम्बियाको दोस्रो ठूलो शहर मेडलिनको विमानस्थलभन्दा २० किलोमिटर अगाडि दुर्घटनाग्रस्त भएको विमानमा ब्राजिलको ‘ए’ डिभिजन क्लब चापाकोइन्सेका २२ खेलाडी यात्रा गरिरहेका थिए। जसमा १९ खेलाडीको निधन भयो।
निधन हुनेमा एट्लेटिको म्याड्रिडका ३५ वर्षीय पूर्व स्ट्राइकर क्लेमर सान्तना पनि छन्। उनको निधनलाई लिएर म्याड्रिड क्लबले मंगलबार नै एउटा वक्तव्य सार्वजनिक गर्दै दुःख व्यक्त गरेको छ।
विमान दुर्घटनामा मृत्युवरण गर्नेहरूमा २७ वर्षीय स्ट्राइकर नानिस, २१ वर्षीय अलिटन कानेला, ३४ वर्षीय ब्रुनो रान्जेल छन्। रान्जेलले यो सिजन क्लबबाट सर्वाधिक गोल गरेका थिए। अन्य स्ट्राइकरमा ३४ वर्षीय केम्पेस, २६ वर्षीय लुकास गोमेस,२२ वर्षीय तियागुइन्हो पनि छन्।
यस्तै २४ वर्षीय मिडफिल्डर आर्थर माइया, २९ वर्षीय गिल, २१ वर्षीय माथेस बिटेको, २७ वर्षीय सर्गियो मानोयल, ३० वर्षीय जोसिमारको पनि विमान दुर्घटनामा निधन भएको थियो। आर्थर माइयाको निधनप्रति चेल्सीबाट व्यवसायिक फुटबल खेलिरहेका ब्राजिलियन टिमका डिफेन्डर डेभिड लुइसले विशेष श्रद्धाञ्जली दिएका थिए।
३० वर्षीय डिफेन्डर विलियम थियागो, २५ वर्षीय डेनेर, ३२ वर्षका फिलिप माचाडो, २१ वर्षे गिमेनेज, २२ वर्षे माथेस कारामेलो र २५ वर्षे मार्सेलो अगुइस्टोको पनि निधन भएको थियो। ३१ वर्षे गोलकिपर डानिलो पाडिल्हालाई जीवित उद्धार गरिएपनि उनको अस्पतालमा निधन भयो।
२२ सदस्यीय खेलाडी टोलीमा डिफेन्डर एलन रुस्चेल र हेलियो जाम्पेर तथा गोलकिपर जाक्सन फोलमनलाई सकुसल उद्धार गरिएको थियो। ५१ वर्षीय प्रशिक्षक लाइयो जुनियरको पनि दुर्घटनामा निधन भएको छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv