Latest Updates :

वि.सं. २०७३ साल कार्तिक २५ गते। बिहीबार। इश्वी सन् २०१६ नोभेम्बर १० तारिख। नेपाल संवत् ११३७ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– एकादशी, २८:३० बजेउप्रान्त द्वादशी।


SHARE THIS POST :

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। मेहनतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। तत्काल धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। कमजोरी बाहिर आउनाले नोकरी तथा राजनीतिमा मा समस्या पर्न सक्छ। समुदायको हक हित हुने काम सम्पादन गर्न सकिनेछ। लगनशीलताले नाम र दाम दिलाउन सक्छ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
परिस्थिति असहज देखिन्छ। स्वास्थ्य कमजोर रहनाले काममा जुट्न नसकिएला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। अरूको समेत जिम्मेवारी वहन गर्नुपर्दा थकित भइनेछ। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। रोकिएका काम दोहोर्याउन समय पर्खनुहोला।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
पहिलेका समस्या दोहोरिन सक्छन्। परिस्थितिले अलि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। चिताएको काममा बाधा पुग्नेछ भने दौडधुपमै समय बित्नेछ। विशेष योजना स्थगित हुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
वातावरण रमाइलो रहे पनि मनको डरले सताउन सक्छ। मनोरञ्जनले आकस्मिक खर्च बढाउला। पहिलेको सम्झौताले अप्ठ्यारोमा पार्न सक्छ, सचेत हुनुहोला। मेहनत गर्दागर्दै पनि सोचेको लाभ नमिल्न सक्छ। आफन्तसँग असमझदारी तथा पतिपत्नीमा अविश्वास बढ्ने योग छ। मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ। आतिथ्यपूर्ण सम्मान प्राप्त होला।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएला। अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। फजुल खर्च बढ्नेछ भने ठगीमा परिने योग भएकाले होसियार रहनुहोला। वैधानिक प्रावधानले पनि काम रोकिन सक्छ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
पहिले टाढिएका आफन्तहरू नजिकिनेछन्। मनको डरले सताए पनि परिस्थितिले साथ दिनेछ। सहयोगीहरू बढ्नेछन् भने आफ्नासँगको भेटघाटले आनन्द दिलाउनेछ। कृषि तथा पशु व्यवसायबाट पनि लाभ हुनेछ। प्राकृतिक पर्यावरण वा एकान्तमा मन रमाउनेछ। चिन्तन–मनन तथा रचनात्मक काममा रुचि बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। पुरानो समस्याले झमेला निम्त्याउन सक्छ। सहयोगीहरूले हात झिक्नाले पनि काममा विलम्ब हुनेछ। फजुल खर्च बढ्नेछ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। कृषिमा कामको चाप बढ्न सक्छ। काममा आंशिक लाभ मिल्नेछ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक कार्यमा रुचि बढ्नेछ। विचार तथा अभिव्यक्तिले ख्याति बढाउला।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
पहिलेका गल्ती सच्याउने मौका छ। चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ फेला पर्नेछन्। लामो यात्रा सम्भावना छ। बलजफ्तीले हानि पुर्याउन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। धैर्यले काम लिँदा प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv