Latest Updates :

वि.सं. २०७३ साल मंसिर ९ गते। बिहीबार। इश्वी सन् २०१६ नोभेम्बर २४ तारिख। नेपाल संवत् ११३७ कछलागा। मार्गशीर्ष कृष्णपक्ष। तिथि– दशमी, ७:५९ बजेउप्रान्त एकादशी।


SHARE THIS POST :

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अधिकारका लागि संघर्षमा उत्रनुपरे पनि प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा प्रगति गर्न नसकिएला। व्यवसायमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। तापनि, निराश नहुनुहोस्, लगनशीलताले स्थितिमा सुधार ल्याई बिस्तारै सफलता दिलाउनेछ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
पुरानो गतिले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। मान्यजनको सुझावप्रति अविश्वास बढ्नेछ। काम बिग्रने डरले सताउन सक्छ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारजनमा आमाको सहयोग लिँदा चिताएको काम सम्पादन गर्न सकिनेछ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
उद्योग तथा व्यापारमा मनग्य फाइदा मिल्नेछ। शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्। पुरानो समस्यासमेत सुल्झाउन सकिनेछ। दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। तापनि, नयाँ काममा हात हाल्न सकिनेछ। प्रतिस्पर्धाबाट लाभ मिल्नेछ। मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
काममा सोचेको फाइदा नउठ्न सक्छ। अनावश्यक वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। आफ्ना कमजोरीप्रति अरूले आलोचना गर्न सक्छन्। मान–सम्मानमा आघात पर्ने देखिन्छ। हडबडीले आँटेका काममा समस्या निम्त्याउन सक्छ। अध्ययनमा पनि त्यति समय दिन नसकिएला। चिताएको काममा बाधा पुग्नेछ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
खानपानको असावधानीले स्वस्थ्य कमजोर बन्ने देखिन्छ। चिताएको काममा बाधा पुग्ने सम्भावना छ। समयमा काम सम्पादन नहुँदा चिताएको फाइदा उठाउन नसकिएला। आत्मीय जनसँग असमझदारी वा मनमोटाव बढ्ने देखिन्छ। निर्णायक क्षमतामा कमी आउला। भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। प्रतीक्षित नतिजा कमजोर होला।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आलस्य गर्दा अवसर गुम्न सक्छ। खर्चको मात्रा पनि बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिनेछ, सचेत रहनुहोला। प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला। आफन्तबाट समेत टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ। काममा स्थानान्तरण हुन सक्छ। लामो यात्रा सम्भावना छ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा राम्रो प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। कीर्तिमानी काम सम्पादन होला। अवसर आए पनि प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ। यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ, सजग रहनुहोला।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला। समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv