Latest Updates :

कलाकारको लाजमर्दो।


SHARE THIS POST :

कलाकारलाइ समाजले बिशेष सम्मान दिन्छ , माया दिन्छ र कदर गर्छ। उनीहरुले गरेको कामको लागि अरु कामका लागि भन्दा दशौं गुना वा सयौं गुणा ज्याला पनि दिइन्छ, त्यों किनभने उनीहरुलाई समाजले एउटा नमूना ( रोल मोडेल) को रुपमा मानेको हुन्छ। उनीहरुले पर्दामा जस्तो नमूना भूमिका देखाउँछन् , ब्यबहारमा तेस्तै नमूना हुने काम गरुन भन्ने चाहना हुन्छ। र समाजले उनीहरुले गरेको कामलाइ राम्रो ठानी उनीहरुको प्रसंशा र नक्कल गर्न खोज्छ। तेसैले उनीहरुले समाजलाई राम्रो कुरा मात्र सिकाउनु पार्छ, नत्र उनीहरुलाई दिएको उच्च सम्मान त धेरै पैसा खर्च गरेर बिष किने जस्तो हुन्छ। तर हाम्रा( नेपालमा र भारतमा समेत ) धेरै कलाकारहरु समाजले आफूलाई दिएको सम्मानको उल्टो अर्थ लगाउँदै ” मैले जे गरे पनि हुन्छ” भन्दै समाजमा बिकृति फैलाउन उद्यत देखिन्छन। लौ हेर्नु होस यो चित्र नेपालका नायिकाहरुको जहा उनीहरु भित्रि बस्त्र देखाएर अथवा सारा मान्छेले छोपेर हिड्ने अंग देखाएर मखख परी फ़ोटो खिचाउँदैछन्। 

चर्चामा आउन यसो गरेको रे। लौ हेर बुद्दि , चर्चामा आउन आफ्नो कला देखाउने कि आफ्ना गोप्य अंग देखाउँदै हिड्ने ? अचेल त कथाले मागेको भन्दै नांगै बसेर फ़ोटो खिचाउने , आफ्नो दंपत्ति बाहेक अरु मान्छेसग चुम्बन गर्ने , बेड सीन दिने , सम्बेदंशील अंग समात्ने, कतिपय त जो पायो उहिसग सेक्स गरेको भिडियो खिच्ने अनि ” कुन चाहिले लिक गरिदियो, मैले त होईन” भन्दै सीडी र इंटरनेटमा समेत हालेर ब्यापार समेत पो गर्न थालेका छन। के कलाकारिता भनेको सभ्य काम गरेर गर्न सकिन्न ? नेपाली गाउँघर अनि शहर बजारको कथाले कहिल्यै नांगै बस्नु , जो पायो उही सग चुम्बन वा बेड सीन दिनु भनेको छ ? आसामको एउटा गाउँमा एउटी महिलालाई उसले राहुल गांधीलाइ चुम्बन गरेको कारण जिउँदै जलाएर मारेको त थाहै होला। एस्तो समाजमा बस्नु छ , अनि कथाले माग्छ भन्दै जे पनि गर्ने ? नेपालको कुरा गर्ने हो भने आफ्नै लोग्ने स्वास्नी त सार्बजनिक स्थानमा चुम्बन गरेको समाजले राम्रो मान्दैन , फ़िल्ममा कथाले मागेको भन्दै आफ्नो दम्पति बाहेक अरुसग चुम्बन अनि बेड़ सीन दिन थाले पछि समाजले पचाउँछ ? एस्को असर त देखिएकै छ नि, कुनै पनि नायक नायिकाको घर बार नटीकेको। भारतमा त अहिले बलात्कार बढ्नुको मुख्य कारण भारतीय सिनेमाको असर हो भनेर भन्न समेत थालिएको छ। ये नायक नायिका दीदी बहिनी हो , समाज भाड़ने र बलात्कार बढाउने दोषी भएर बस्ने कि समाजलाई राम्रो कुरा मात्र सिकाएर समाजले गरेको गुण तिर्ने?

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv