गौरवमय ५१ दिन मनाएको फिल्म ‘छक्का पञ्जा’ केही मल्टिप्लेक्स हलहरुमा आठौँ हप्तामा चलिरहेको छ । फिल्म यसरी लामो समय चल्नु राम्रो कुरा हो तर कतिपयलाई थाहा नहुन सक्छ कि फिल्म प्रदर्शनबाट उठेको सम्पूर्ण रकमको ३० प्रतिशत मात्र पैसा निर्मातालाई आउछ भन्ने कुरा ।
हो फिल्म रिलिजको पहिलो साता ५० प्रतिशत हल सञ्चालक र ५० प्रतिशत निर्मातालाई सेयर बाडफाड हुन्छ । तर त्यहि फिल्म दोस्रो सातामा लागेपछि निर्मातालाई ४२ प्रतिशत मात्र रकम हाता पर्छ । तेस्रो साथ उक्लेपछि भने ३७ प्रतिशत मात्र सेयर निर्माताले पाउने नियम छ । यसरी घट्दै घट्दै ३० प्रतिशत रकम भने चौथो हप्ता टेकेपछि निर्मातालाई र बाँकी ७० प्रतिशत रकम हलवाला आफूले लिने गरेका छन् । ८ औं हप्तामा समेत पकड जमाइरहेको ‘छक्का पञ्जा’ जति चल्छ अब त्यो फाइदा हललाई बढी हुने देखिन्छ । लामो समयको ग्याप पछि यहि फिल्मबाट हलले राम्रो पैसा कमाएका हुन् ।
वितरक गोपाल कायस्थ यो नियम निर्माताका लागि राम्रो नभएको बताउँछन् । उनले निर्मातालाई आएको रकमबाट ५ प्रतिशत रकम मात्र वितरकले पाउने बताए । त्यसो त मल्टिप्लेक्स हलको रवैया आफ्नै खालको छ । १ महिना हल ट्रेलर बजाउदा दुई हप्ताको पैसा नलाग्ने भनिएता पनि हल सञ्चालकले ट्रेलर प्रसारण गरेको समेत पूरै पैसा असुल्ने गरेका छन् । फिल्म जति हप्ता सम्म चलेपनि फिप्टी फिप्टीको बाडफाड गरियो भने मात्र निर्माता सेफ हुन सक्ने आधार रहने वितरक गोपाल कायस्थले फिल्मीकुरालाई बताएका छन् ।
Post a Comment