काठमाडौं, २८ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले आह्वान गरेको नेपालबन्दको प्रभाव राजधानी उपत्यकामा बिहानैदेखि परेको छ ।
मूल्य वृद्धिको विरोधमा सडकमा उत्रिएको ‘विप्लव’ माओवादीले आज नेपाल बन्द आह्वान गरेको हो । बन्दका कारण राजधानीसहित मुलुकभरिको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण राजधानीका अधिकांश विद्यालयहरू बन्द भएका छन् भने सवारी साधन पनि चल्न सकेका छैन । छिटफुट सवारी साधन चलेको महानगरीय प्रहरीले जनाएको छ ।
बन्द सफल बनाउन सडकमा उत्रिएका ‘विप्लव’ माओवादीका कार्यकर्ताले राजधानीमा एउटा निजी मोटरसाइकलमा आगजनी गरेर क्षति पुर्याइ दिएका छन् । बन्द गराउन हिँडेका माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ पनि गरेको छ ।‘विप्लव’ माओवादीका नेपाल बन्दलाई ध्यानमा राखेर राजधानीसहित मुलुकभरिको शान्तिसुरक्षा मजबुत बनाइएको प्रहरीले जनाएको छ ।
Post a Comment