Latest Updates :

भेदभावमा गरेको अभियोगमा फेसबुक विरुद्ध मुद्दा


SHARE THIS POST :

काठमाडौँ – हाउजिंग र रोजगारी सम्बन्धी विज्ञापनमा भेदभाव गरेको अभियोगमा फेसबुकविरुद्ध मुद्दा परेको हो ।
फेसबुकमा उक्त विज्ञापनमा रहेको इथ्निक एफिनिटी अर्थात् जातिय रुझान नामक अप्सन जातिय रुपमा विभेदपूर्ण रहेको भन्दै फेसबुक प्रयोगकर्ताको एक समूहले फेसबुक विरुद्ध मुद्दा हालेको हो ।फेसबुकले कतिपय जनसांख्यिक समुदायलाई संलग्न नगरेको र कतिपयलाई विशेष गरी लक्षित गरेर भेदभाव गरेको भनेर आरोप फेसबुकमाथि लागेको हो ।
फेसबुकले भने आफु विरुद्धको यस्तो दाबीमा कुनै तुक नरहेको भन्दै कडा रुपमा प्रतिवाद गर्ने जनाएको छ ।
अमेरिकाको नर्दन क्यालिफोर्नियास्थित अदालतमा सुजेन जुलिएट मोबल सहितका फेसबुक प्रयोगकर्ताले फेसबुक विरुद्ध मुद्दा दर्ता गरेका हुन् ।
साथै जात, लिंग, राष्ट्रियता र अन्य संरक्षित विशेषताको आधारमा फेसबुकको विज्ञापन प्लाटफर्ममार्फत विभेद गरेको भन्दै अन्य ९ हजार ९ सय ९९ वटा विज्ञापनदाता विरुद्ध पनि मुद्दा हालिएको छ ।
फेसबुकको विज्ञापन प्लाटफर्ममा विज्ञापनदाताले आफ्नो इच्छा अनुसार कसलाई विज्ञापन देखाउने र कसलाई उक्त विज्ञापन हेर्न नदिने भनी निर्धारण गर्न सक्दछन् ।
यस्तो कार्य निष्पक्ष हाउजिंग ऐन तथा नागरिक अधिकार ऐनको विरुद्धमा रहेको दाबी गरिएको छ ।
फेसबुकको विज्ञापन फिचरमा गोरा तथा ककेसियन अमेरिकीलाई ब्लक गर्न सकिने कुनै अप्सन नरहेको र अरुलाई भने विज्ञापनदाताले छानी छानी ब्लक गर्न सक्ने व्यवस्था रहेको भन्दै यो सरासर जातिय विभेद रहेको दाबी अदालतमा हालिएको १४ पेज लामो मुद्दाको निवेदनमा उल्लेख गरिएको छ ।एजेन्सी
२०७३ कार्तिक २५ गते  प्रकाशित।
Share:

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv