Latest Updates :

पृथ्वीमा हजार वर्षपछि मान्छे बस्न नसक्ने, अर्को ग्रहमा जानुपर्ने


SHARE THIS POST :

अबको एक हजार वर्षपछि पृथ्वीमा मानव सभ्यता रहन नसक्ने भएको छ। मानिसलाई जीवितै रहनका लागि दोस्रो ग्रहको खोजी गर्नुपर्ने भएको छ ।

विश्वविख्यात वैज्ञानिक स्टेफन हकिङ्गले अक्सफोर्ड यूनियन डिबेटिङ्ग सोसाइटीमा प्रवचन दिने क्रममा यस्तो बताएका हुन् ।

७४ वर्षीय प्रोफेसर हकिङलाई हवाला दिँदै द सनले प्रकाशित गरेको समाचारमा भनिएको छ, ‘मानिस ब्रम्हाण्डको एक अत्यन्तै छोटो भाग हो तर यिनलाई यति नजिकबाट बुझ्न सक्नु गर्वको कुरा हो ।’

हकिङले मानिसहरु आगामी एक हजार वर्षसम्म पनि पृथ्वीमा रहन कठिन पर्ने बताए । ‘मलाई लाग्दैन कि हामी पृथ्वीमा अघिल्लो एक एक हजार वर्षसम्म रहन सक्छौं । हामीले कुनै अर्को ग्रहको खोजी गर्नुपर्ने जरुरी भइसकेको छ। ‘

डेली मेलका उनले पृथ्वी धेरै नै कम्जोर भइसकेको तर्फ पनि औँल्याए । ‘हाम्रो ग्रह यति धेरै कम्जोर भइसकेको छ कि आउने एक हजार वर्षपछि यसले जीवनलाई सम्हाल्न सक्षम हुनेछैन ।’

उनले अघिल्लो शताब्दीमा मानिसलाई जलवायु परिवर्तन र आणविक आतङ्कवादसँग जुध्नुपर्नेतर्फ पनि सचेत गराएका छन् । हकिङले आफ्नो प्रवचनमा आइन्स्टाइनको सिद्धान्त, मिथक र ईश्वरको पनि कुरा गरेका छन् ।

हकिङ्गले भने, ‘शोध र सैद्धन्तिक भौतिक विज्ञानका लागि राम्रो दिन आउँदैछन् । बितेका ५० वर्षमा ब्रह्माण्डलाई लिएर हाम्रो सोचमा धेरै परिवर्तन आएको छ । यो परिवर्तन ल्याउनमा मेरो पनि केही हात रहेकाले यो कुरामा पनि पनि खुसी छु ।’

उनले अबका शताब्दीको चरम विकासका कारण मानिसले आफ्नो सुरक्षित बसोबासका लागि अर्को ग्रहको खोजी गर्नुको विकल्प छैन । ‘यदि मानव सभ्यता बचाइराख्ने हो भने उसले पृथ्वी छाड्नैपर्छ’, उनले भनेका छन्, ‘यो पनि हुन सक्छ कि प‌ृथ्वी समाप्त हुनमा हजार या दस हजार वर्ष पनि लाग्न सक्छ । तर यसभन्दा पहिले हामीले अन्तरीक्षको कुनै ग्रहमा सर्नु जरुरी छ । यसले पृथ्वी समाप्त हुँदा पनि मानव सभ्यता समाप्त हुने खतरा हुनेछैन ।’

समाचार अनुसार सन् २००९ देखि अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले पृथ्वी जस्तै ग्रह खोज्ने अभियान चलाएको थियो । यस खोजका अनुसार अन्तरीक्षमा रहेका ४६०० ग्रहमा मानव बसोबासका लागि विचार गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् । नासाका अनुसार २३०० ग्रहमा गएर मान्छेले बस्न सक्ने अवस्था छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv