Latest Updates :

पोखरीमा हाम फाल्दै स्टन्ट गर्ने क्रममा दुई अभिनेताको मृत्यु


SHARE THIS POST :

बलिउडमा ‘स्टन्ट’ गर्ने क्रममा दुई कलाकारको निधन भएको छ । एउटा फिल्मको लागी हेलिकप्टरबाट तालको पानीमा हाम्फाल्ने दृश्य छायाङकन गर्ने क्रममा उनीहरूको निधन भएको बताइएको छ ।
तालबाट फिल्मका हिरो दुनिया विजयलाई जिउँदै बाहिर निकालिएको थियो भने बाँकी दुइ जना कलाकार उदय र अनिलको तालमै डुबेर निधन भएको आशंका गरिएको छ । भारतीय समाचार एजेन्सीका अनुसार कन्नड फिल्म ‘मस्ती गुडी’ को सुटिङमा खतरनाक दुर्घटना हुँदा दुवै कलाकारको निधन भएको थियो । सुटिङमा प्रयोग भएको हेलिकप्टर तालको माथिबाट उडिरहेको थियो ।


यसै क्रममा तीनजना कलाकार तालको पानीमा हाम्फालेका थिए । उदय स्टन्ड गर्न माहिर थिए र मानिन्थे पनि,पछि उनी दुनिया विजयको फिल्ममै भिलेनको भूमिकामा देखा परेका थिए । त्यस्तै ‘एट–प्याक’ को कारण निकै चर्चामा रहने अनिलले २५ भन्दा बढि फिल्ममा काम गरिसकेका छन् । यी तीनै कलाकार हेलिकोप्टरबाट हाम्फालेपछि उनीहरूलाई लिन एउटा नाउ आउनु पर्ने थियो । तर, मौकामा नाउ सुटिङ स्थलमा नपुगेपछि यो दूर्घटना भएको बताईएको छ । उनीहरूलाई खोज्न गोताखोरको प्रयोग गरिएको बताइएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv