Latest Updates :

भारतीय पाँच सय र हजारका नोट खारेज गर्ने निर्णय लिएपछि-एक अर्ब भारु प्रचण्डको पनि डुब्यो!


SHARE THIS POST :

१ मंसिर, काठमाडौं।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचार तथा कालो धन सङ्ग्रह गर्ने कार्यलाई निरुत्साहित गर्न भारतीय पाँच सय र हजारका नोट खारेज गर्ने निर्णय लिएपछि नेपालका प्रधानमन्त्री प्रचण्डलगायत माओवादीका खासखास नेताहरु गहिरो शोकमा परेका छन्। आजको घटना र विचार साप्ताहिकमा खबर छापिएको छ।
गत मंगलबार (कात्तिक २३ गते)  प्रधानमन्त्री मोदीले भारु पाँच सय र हजारका नोट सोही दिनदेखि नचल्ने निर्णय गरेका थिए। यसरी अचानक ठूला नोटहरु नचल्ने घोषणा हुँदा त्यसको गम्भीर असर नेपाली व्यापारी र भारतमा श्रम गर्ने नेपालीलाई पनि परेको छ। तर, प्रधानमन्त्री प्रचण्डमा छटपटी बढ्नुको कारण नेपालीलाई समेत असर परेकाले भने होइन। प्रचण्डको भारतस्थित आफ्ना विश्वासप्राप्तहरुको जिम्मामा एक अर्ब भारुभन्दा बढी नगद लुकाएको र उक्त रकम कागजको खोस्टोमा रुपान्तरित भएकोले उनी ज्यादा छटपटिएका हुन्। ठूला भारतीय रुपैयाँ खारेजीको सूचना पाएलगतै  प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग टेलिफोन संवाद गरी ‘नगद बचाउने’ प्रयास गरेका थिए।
तर, करिब एक सातासम्म निरन्तर प्रयास गरेपछि प्रचण्डले सोमबार (२९ कात्तिक) मात्र मोदीसंग टेलिफोन संवाद गर्ने मौका पाए। भारतीय राजदूतदेखि भारतमा रहेका कतिपय मित्र र नेपालमा रहेका भारतनिकटका सुत्रहरुसंग पनि प्रचण्डले मोदीसंग एकपटक संवाद गराइदिन अनुनयविनय गरेका थिए। उनले गरेको बिलौना सुनेर भारतीञ राजदूतावासले सोमबार मोदीसंग संवादको व्यवस्था त मिलाइदियो, भारतमा भएको आफ् नगद (एक अर्ब भारुभन्दा बढी) साट्ने व्यवस्थाको लागि मोदीलाई भन्न भने प्रचण्डले सकेनन्।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv