Latest Updates :

इजरायलमा कार्यरत नेपाली चेली सडक दुर्घटनामा परी गम्भिर घाइते , अहिले हस्पिटलमा उपचार हुदै कृष्ण भण्डारी


SHARE THIS POST :
तेलअभिव


बैदैशिक रोजगारीका लागि करिब साढे २ बर्ष अघि इजरायल प्रबेश गरेकी सिमा काउचा मगर नाम गरेकी नेपाली चेली सडक दुर्घटनामा परी सख्त घाइते भएकी छिन् ।

इजरायलको उत्तरी भेगमा रहेको नजरेथ क्षेत्रमा कार्यरत सिमा काउचा गत १४ नोभेम्वर सोमबार सपिङ जाने क्रममा चालक अनुमति पत्र नभएका एक १६ बर्षिय किशोरले चलाएको निजी कारको ठक्करबाट सख्त घाइते भएकी हुन् ।

पूर्वी नेपालको धरान माइती घर भई भारतको कुर्सेङ स्थायी घर भएकी १ सन्तानकी आमा काउचा मगरलाई गाडीले ठक्कर दिएपछि सडक छेउमा हिड्दै गइरहेका विद्यार्थीले प्रहरीलाई खवर गरेपछि इजरायली प्रहरीको सहयोगमा उनलाई अचेत अवस्थामा आफूल्लास्थित एमेग अस्पतालमा पुर्याइएको थियो । अस्पातल पु्र्याएको करिव २ दिन पश्चात मात्र होसमा आएकी घाइते काउचा मगरको शरिरको दाहिने भागमा गम्भिर चोट उनको उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै बताइएको छ । त्यस्तै उनको दाहिने हात र दाँत भाचिएको बताइएको छ । उनी अहिले सामान्य बोलचाल गर्न सक्ने अवस्थामा भएपनि उठेर हिडडुल गर्ने अवस्थामा नरहेको बताइएको छ ।

यसैविच घाइते सिमा काउचा मगरको दुर्घटना भएको करिव ५ दिनपछि घाइते काउचा मगरको चिनजानका एक विपि शाहले घाइतेको अनुरोधमा नेपाल मगर संघ इजरायललाई खवर गरेपश्चात संघका प्रतिनिधिहरु शनिवार आफूल्ला स्थित एमेग अस्पताल पुगी उपचाररत घाइते काउचालाई भेटघाट गरेका छन् । मगर संघ इजरायलकी प्रथम उपाध्यक्ष बिष्णु पुन मगर, संरक्षक तारा काउचा मगर र सदस्य मन राना मगर सहितको टोली शनिवार विहान अस्पताल पुगी उनको अवस्था बारे विस्तृत जानकारी लिएका थिए । टोलीले तत्कालकोलागि घाइतेलाई अस्पतालमा कुरुवाको समस्या परेको बताएका छन् । उनीहरुले आफूल्ला क्षेत्र तथा एमेग अस्पतालको नजिकै कार्यरत कोही नेपालीहरु भए थोरै समय पिडित सिमा काउचा मगरकोलागि दिए आफुहरु अनुग्रहित हुने बताएका छन् । त्यसकोलागि मगर संघ इजरायलको सम्पर्क 0546839265 मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

हाल गाडि चालक किशोर इजरायली प्रहरीको निगरानीमा रहेको बताइएको छ भने यस विषयमा कानूनी प्रक्रिया अगाडि बढेको बताइएको छ । कानूनी परामर्शको क्रममा वकिलले चालक अनुमति पत्र नभएको र गाडी व्याक गरेर ठक्कर दिएको केश भएकाले केश ठूलो हुन सक्ने बताउदै उनलाई कुनै पनि कागजातमा तत्कालकोलागि हस्ताक्षर नगर्न सुझाएको वकिललाई उदृत गर्दै नेपाल मगर संघ इजरायलकी प्रथम उपाध्यक्ष विष्णु पुन मगरले जानकारी दिइन ।

श्रोत – नेपाल इजरायल डटनेट


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv