Latest Updates :

बेपत्ता भएको ३० वर्षपछि ‘खान’ बनेर भेटिए नरेन्द्रबहादुर चन्द


SHARE THIS POST :
काठमाडौं, कार्तिक १८

विद्यालयमा ६ कक्षाको परीक्षामा फेल भएपछि घर नजिकैको भारतीय बजार झुलाघाटमा भागेर गएका बैतडी, हटैराज– २ का नरेन्द्रबहादुर चन्द घर छाडेको ३० बर्षपछि पाकिस्तान–अफगानिस्तानको युद्धरत क्षेत्र बलुचिस्तान प्रान्तको चमनमा फेला परेका छन् ।
भारतको पिथौरागढ जिल्लाअन्तर्गत झुलाघाटको एउटा लोकल होटलमा भााडा माझिरहेका बेला भेटिएका एक अपिरिचतले ‘नयाँ ठाउँमा दामी काम दिलाउने’ आश्वासन दिलाएपछि नरेन्द्रबहादुर ती अपिरिचतका पछि लागेका थिए ।
भारत–पाकिस्तान ब्यापार गर्ने ती व्यक्तिले बागा बोर्डर हुँदै लाहोरसम्म जाने प्रबन्ध मिलाएको र त्यहाँबाट कराँचीमा लगेर होटलमा काम गर्न अह्राएपछि मात्रै नरेन्द्रले आफू परिबन्दमा परेको थाहा पाएका थिए । ‘म पाकिस्तानमा छु अथवा भारतमैं भन्ने पनि धेरै पछिसम्म थाहा भएन’ उर्दु मिसिएको नेपाली लवजमा नरेन्द्रले फोनमा भने ।
त्यस बेला उमेरमा भर्खर १४ लागेका नरेन्द्रले लगातार १५ वर्ष कराँचीको होटलमा काम गरेका रहेछन् । त्यसपछिका ८ बर्ष बलुचिस्तानको क्वेटास्थित अर्को होटलमा उनी कामदार बनेछन् । ‘मैंले बैतडी घरको खुबै सम्झना गरिरहें, दुइपटक हुलाकबाट पत्र पनि पठाएँ’ उनले सुनाए, ‘तर कसैले जवाफ दिएन ।’
कुनै एक दिन घर फर्कने सोचाइ बनाएर बसिरहे पनि सबैतिरबाट हार खाएपछि नरेन्द्रले इस्लाम धर्म कबुल गर्दै चमन क्षेत्रमै बस्ने अफगानी शरणार्थी परिवारकी छोरी बिहा गरेका थिए । ‘फरक धर्म र जिन्दगी कबुल गरेपछि म महम्मद अयुब खान बनेको छु, मेरो छोरो इरफान १२ बर्ष र छोरी सवानिसा १० वर्षकी छे’ नरेन्द्रले सुनाए । उनी श्रीमती मरियामसहितको परिवार चमनस्थित काका(ससुराको भाडाघरमा बसिरहेका छन् ।
बलुचिस्तानको चमन जिल्ला क्षेत्र अफगानिस्तानसँग जोडिएको सिमारेखा भएकाले र सिमारेखामा सबभन्दा चर्को युद्धग्रस्त क्षेत्र भएकाले पनि नरेन्द्र दिनहुँ जीवन–मृत्युको घेरामा पर्दा रहेछन् । चमन क्षेत्रमा रहेका अफगानी शरणार्थीलाई बाहिर धपाउने र पहिचान नरहेकालाई जेल हाल्ने काम भइरहेका बेला नरेन्द्र स्थानीय क्वेटास्थित बोलान मेडिकल कलेजमा पढ्ने नेपाली विद्यार्थीको सम्पर्कमा आएका रहेछन् ।
‘सुरुमा त नरेन्द्रको कुरा सुनेर अचम्मै लाग्यो । पछि घरपरिवार बुझै जाँदा कुरा सत्य हो रहेछ भन्ने ठहर भयो’ बोलानमा एमबीबीएस अन्तिम बर्षका बिद्यार्थी राजेन्द्र फुलाराले फोनमा भने, ‘हामीले फेसबुकमा नरेन्द्र दाइको ३० बर्ष पुरानो फोटो देखेर त्यसको यथार्थ पहिल्याउन खोजी थालेका थियौं, त्यहाँबाट उनको गाउँघर सम्पर्कमा जोडिएको हो ।’ डोटी घर भएका राजेन्द्रसहित गोर्खाका गजेन्द्र आचार्य र अरु विद्यार्थीले नरेन्द्रलाई नागरिक हैसियत दिन तथा बैतडी घर फिर्ता गराउन इस्लामाबादस्थित नेपाली दूतावासलाई पनि आग्रह गरेका छन् ।
४४ वर्षीय नरेन्द्रले भने जेजसरी हुन्छ, आफ्नो मातृभूमी फर्कन चाहेका छन् । ‘म मेरो परिवारै लिएर फर्कन चाहन्छु’ उनले फोनमा भने, ‘यी छोराछोरी र श्रीमतीलाई म कसरी यत्तिकै छाड्न सक्छु ?’
आफूलाई यो बिरानो भूमिमा ल्याइर्पुयाउने मालिक (आलादा) को ७ वर्षअघि निधन भएकाले आफूले हारगुहार गर्ने ठाउँ पनि कतै नपाएको उनको दुस्खेसो छ । बैतडीस्थित घरमा पनि ३० बर्षदेखि बेपत्ता रहेको छोरो नरेन्द्रबारे खबर पुगिसकेको छ । नरेन्द्र यो दुनियाामा अझै जीवितै रहेको खबर पाएर घरपरिवारका आफन्तजन आश्चर्यमा परेका आजको कान्तिपुरमा देवेन्द्र भट्टराईले खबर लेखेका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv