Latest Updates :

दाईजोका कारण पतिले जिउँदै जलाएकी २० वर्षीय रिहाना ढपालीको अर्कैसँग प्रेम बस्यो तर मुश्लिमहरुले गर्न दिएनन् यस्तो


SHARE THIS POST :
लाइट नेपाल


जिउँदै जलाएर फरार पतिसँग तलाक लिने विषयमा फोनमा परामर्श गर्दै रिहाना ढपाली। तस्बिर : कलेन्द्र सेजुवाल

नेपालगञ्ज, २५ कात्तिक –  रात रहे अग्राख पलाउँछ!’ रिहानाको जीवनमा त्यही भएको छ। जीवनभर सँगै बाँच्ने कसम खाएका पतिले दाइजोको निहुँमा जिउँदै जलाएर मार्ने प्रयास गरे रिहानालाई तर उनी बाँच्न सफल भइन्। अहिले रिहानाको जीवनमा नयाँ पालुवा अंकुराउन खोज्दै छ। नयाँ जीवन जिउने प्रयासमा छिन् उनी, साथ दिन प्रेमी तयार छन्, तर उही फरार ‘अपराधी’ ले तलाक नदिँदा जिन्दगीको नीवन रथ गुड्न पाएको छैन। ‘यिनी मेरो दिलमा बसेका छन्, यिनैसँग बिहे गर्छु,’ नजिकै बसेका युवकतिर संकेत गर्दै यसो भनिरहँदा रिहानाको अनुहार खुसीले धपक्क बल्यो। तर, अनुहारको त्यो चमक धेरै टिकेन। ‘अंकल! उसले तलाक दिनै मान्दैन, अनि हाम्रो बिहे कसरी हुन्छ?’ क्षणभरमै ओइलाएको अनुहारको पीडा लुकाउने प्रयास गर्दै उनले भनिन्, ‘त्यो अपराधीले त मलाई मरेर बाँच्दासमेत सताउन छाडेन।’ पतिद्वारा जिउँदै जलाइएकी रिहाना अहिले नयाँ जीवन जिउने प्रयासमा छिन्, साथ दिन प्रेमी तयार छन्, तर उही फरार ‘अपराधी’ पतिले तलाक नदिँदा जिन्दगीको नवीन रथ गुड्न पाएको छैन। २२ वर्षीया रिहाना ढपाली। साढे दुई वर्षअघि दाइजो नल्याएको निहुँमा पतिबाट जलाइएकी हिरमिनिया–८, अहिरपुरवाकी रिहाना पतिसँग सम्बन्धविच्छेद गर्न चाहन्छिन्। सम्बन्धविच्छेदपछि प्रेमी अमान शेख ढपालीसँग घरजम गर्ने उनको सपना छ।

 अमानको दिलमा पनि रिहानाले डेरा जमाइसकेकी छन्। तर, विवाहबन्धनमा बाँधिन एउटै तगारो छ– पतिको तलाक। ‘तलाक नभईकन बिहे गर्‍यो भने त समाजले गाउँबाट लखेटिहाल्छ,’ २२ वर्षीय अमानले भने, ‘तलाक गराउन धेरैतिर धाएका धायै छौं, खै हाम्रो पीडा कसैले सुन्दैन।’ २०७० चैतमा जलाइएपछि रिहाना तीन महिना काठमाडौं, वीर अस्पतालमा उपचारपछि घर फर्किन्। पति फरिद ढपाली र उनका बुबा–आमाविरुद्ध प्रहरीमा जाहेरी दिइन्। सँगसँगै उनले पतिसँग सम्बन्धविच्छेदका लागि निवेदन पनि दिइन्। तर, अहिलेसम्म प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन न त पतिले सम्बन्धविच्छेदको बाटो नै खोलिदिएका छन्। ‘प्रहरीले फरार भनेर खोज्न अल्छी गरिरहेको छ, उनीहरु भने गाउँमै घुमिरहेका छन्,’ रिहानाका ठूलोबुवा सलिन शेख ढपालीले भने, ‘सरकारकै मान्छेले बचाएपछि हामी निमुखाको के लाग्छ?’ सलिनका अनुसार भारतमा लुकेका लक्ष्मणपुर–८, मियापुरका फरिद अहिले पनि गाउँमा आउजाउ गरिरहन्छन्। केही समयअघि गाउँमा आएको खबरपछि पक्राउ गर्न गएको प्रहरी टोली ‘भेट्टाउन सकिएन’ भन्दै फर्किएको उनले बताए। सलिनका अनुसार फरिदलाई उनी कामदार भएर बसेको एक स्थानीय ‘ठूलाबडा’को संरक्षण छ। ‘उनकै भनसुनमा प्रहरी–प्रशासन चुपचाप बस्ने गरेको छ,’ उनले भने, ‘नत्र प्रहरीले चाहे जसरी पनि पक्राउ गरिहाल्थ्यो नि।’ मृत्युको मुखबाट फर्किएकी रिहाना अब नयाँ जीवन सुरु गर्न चाहन्छिन्। यसका लागि उनी आफूलाई मार्न खोज्नेलाई कानुनी दायरामा ल्याउनुजत्तिकै महत्वपूर्ण ठान्छिन्– पुरानो सम्बन्धको अवशान। ‘तलाकका लागि मैले उसँग सम्पत्ति मागेकी छैन, बस् उसले आएर मलाई छुटकारा दिए पुग्छ,’ उनले भनिन्, ‘तर उसले फोनबाटै वा लेखेर सही गरी तलाक दिन्छु भन्छ, त्यसलाई अदालतले कहाँ मान्छ?’ हिरिमिनियास्थित प्रहरीचौकीका अनुसार फरिद तलाक दिन तयार भए पनि पक्राउ परिने डरले सम्पर्कमा आउन चाहँदैनन्।

 ज्यान मार्ने उद्योगमा उनी प्रहरीको फरार सूचिमा छन्। ‘उ पक्राउ परिने डरले भागेको भाग्यै छ, यता रिहाना र उनको केटा (प्रेमी) पति–श्रीमतीकै रुपमा बसेका छन्,’ घटना हुँदादेखि नै प्रहरीचौकीमा रहेका प्रहरी जवान दिलबहादुर बोहोरा भन्छन्, ‘उसले रिहानामाथि अपराध त गरेकै थियो, अहिले नयाँ जीवनमा पनि तगारो बनिरहेको छ।’ रिहाना र उनका प्रेमी न्यायको लागि चौकीमा निरन्तर आइरहने गरेका उनले बताए। बोहोराले भने झैं रिहाना र उनका प्रेमी नयाँ सम्बन्ध जोड्ने तगारो हटाउन प्रहरीचौकी मात्र हैन, अन्य थुप्रै ठाउँ धाएका धायै छन्। तर, कतैबाट न्याय पाइने आशा देखिएको छैन। तीन–चारपटक महिला विकास कार्यालय पुगे। जिल्ला प्रशासन कार्यालय पनि थुप्रैपटक धाए। हिरिमिनियास्थित गाउँमै पुगेको नागरिक प्रतिनिधिसँग उनले भनिन्, ‘अब न्याय खोज्न योभन्दा बढी कहाँ जाने?’ महिला विकास कार्यालकी फोकल पर्सन बिन्दू कुँबर पनि रिहानाको जोडीले निकै दुःख पाएको बताउँछिन्। ‘पुरानो सम्बन्ध बिच्छेद भएको छैन, उनीहरु हामीसँग आएर रोइकराइ गर्छन्,’ उनले भनिन्, ‘यस्तो अवस्थामा हामीले के गर्न सक्छौं र?’

पीडा भुलाउने प्रेम
मुस्किल समुदायमा विवाहअघि खुलेआम प्रेम गर्न बर्जित छ। रिहाना–अमानको जोडी भने समुदायको सोचभन्दा माथि छ। यसमा प्रेमी अमानको साहस कम अनुकरणीय छैन। ‘जिउँदै जलाएपछि उनलाई मैले साथ दिएको हुँ,’ उनले भने, ‘प्रेम त धन–सम्पत्तिमा हैन, दिलमा हुनुपर्छ।’ रिहानालाई जलाइँदा अमान मुम्बइमा थिए। सानैदेखिकी साथी जलेको घटना उनले एक महिनापछि थाहा पाए। त्यसपछि घर फर्केका उनले छिमेकीको नाताले गर्ने सक्दो सहयोग गरे। ‘यहाँ आउने बित्तिकै मैले अस्पतालमा खाना पुर्‍याउने काम गरेँ,’ उनले भने, ‘थप उपचारको लागि काठमाडौं लगेपछि मात्र फुर्सद भयो।’ रिहानालाई काठमाडौं लगिएपछि अमान कामको लागि फेरि मुम्बइ फर्किए। उनीहरुबीच भौतिक दुरी जति टाढा भयो दिल भने उति नै नजिक भयो। ‘मुम्बई गएपछि त याद र चिन्ताले झन् सताउन थाल्यो, दुईपटक त फोनै गरें,’ अमानले भने, ‘सायद उनीमाथि यस्तो घटना नभइदिएको भए हाम्रो दिल यसरी जोडिने थिएन कि?’ २०७१ असारमा जब रिहाना काठमाडौंबाट निको भएर घर फर्किइन्। यी दुईको दिल झन् कसिलो भएर जोडियो। रिहानाको ‘फ्लोअप’ उपचारमा अमान भरपर्दो साथी बने। घरमा रहँदा पनि नजिकबाट रेखदेख गरे। ‘अब त हामी छुट्टिनै सक्दैनौं,’ उनले भने, ‘पहिले उनको तलाक होस्, त्यसपछि चैनको जिन्दगी सुरु गछर्ौं।’ तलाककै विषयमा कसैसँग फोनमा कुरा गरिरहेकी रिहानाले छुट्टिने बेला भनिन्, ‘अंकल! सरकारलाई यो पनि सुनाइदिनुहोस् कि पहिले उसलाई जेल हालियोस्, त्यसपछि हामी हाँसिखुसी जीवन बिताउँछौं।’ नागरिक दैनिकमा समाचार छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv