Latest Updates :

मृत्युसँग लडिरहेकी झापाकी सुजता सुवेदीको अस्पतालको शैयाबाट स्वास्थ्यमन्त्री गगन थापालाई खुलापत्र -----:


SHARE THIS POST :

यो संसारमा बाँच्ने र आफ्ना सपनाहरु पूरा गर्ने रहर सबैको हुन्छ । तर ,गरिबी र बाध्यताले मानिसलाई मृत्यृ शैयामा छट्पटाउन बाध्य पारेको हुन्छ । यस्तै अवस्था भएको छ झापा पृथ्वीनगरकी २२ वर्षिय श्वेता(सुजता) सुबेदीको ।
एप्लाष्टिक एनेमिया बोन म्यारो फेल भएर विगत तीन महिना देखि महिनादेखि काठमाडौंको सिभिल सर्भिस अस्पतालमा उपचार गराइरहेकी श्वेताले आफ्नो बाँच्ने रहर पूरा गर्दिन आग्रह गर्दै स्वास्थ्यमन्त्री गगन थापालाई यस्तो पत्र लेखेकी छिन् ।
श्वेता सुबेदी हाल सिभिल हस्पिटल
माननीय स्वास्थ्यमन्त्री ज्यू, म श्वेता सुबेदी हेल्थ एसिस्टेन्ट पढ्दा पढदै एप्लाष्टिक एनेमिया बोन म्यारो फेल भएर हाल सिभिल हस्पिटलमा विगत तीन महिना देखि उपचार गराइरहेको छु ।मेरो परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारणले उपचार गर्न धेरै गाह्रो भइरहेको छ । आज उपचार गर्न लाग्ने १६ लाख रकम जुटाउन नसक्दा म मृत्यु शैयामा छट्पटाइरहेको छु।आज मेरो बाँच्ने रहर हँदाहुँदै पनि यो संसारबाट बिदा लिनु पर्ने अवस्था आइरहेको छ । मेरो पनि सपना थियो भविष्यमा डाक्टर बनेर देश र म जस्ता आर्थिक अवस्था कमजोर भएर पन बाँच्न चाहाने दिनदुखीहरुको सेवा गर्ने ।
विडम्बना आज ती आफ्ना सबै सपनाहरु आहूती हाल्दै अस्पतालको शैयामा छट्पटाइरहेको छु ।
बाँच्ने रहर मात्र भएर नहुँदो रहेछ । बाँच्ने रहर पूरा गर्न यो देशका कि त धनी परिवारको कोखमा जन्मलिनु पर्दो रहेछ , कि त ठूलाठाला नेता नै बन्नु पर्ने रहेछ । हामी जस्ता जन्मदै गरिब भएर जन्मेका नागरिकले बाँच्ने सपना देख्नु नि आफैंमा धिक्कार रहेछ ।
आज मेरो अवस्था देखेर मेरा आमाबुबा दिनरात रोइरहनु भएको छ । मेरो बाँच्ने सपना पूरा गर्नको लागि दुनिँयासँग भिख माग्दै हिँडिरहनु भएको छ । यति धरै पैसा कहाँबाट ल्याउने मेरो परिवारले ? आफू बाँच्ने र पढ्ने सपना पूरा गर्ने रहर, रहरैमा मात्रै सिमित हुने भयो।अब के नै गर्न सक्छु र म ? यो संसारमा मर्नु सिवाय अरु कुनै उपाय छैन मसँग । उपचारको लागि मेरो आमाबुबाले पैसा जुटाउन सक्नु हुन्न ? गरिब परिवारमा जन्मनु र ठूलो रोग लाग्नु जस्तो ठूलो दूर्भाग्य अरु केही रहेनछ।
मृत्युसँग लडेर बसिरहेको छु , अझै पनि बाँच्ने रहर जिवीतै छ तर ….. । सुनेको छु राज्यले म जस्ता विपन्न र गरिबीमा जन्मेका नागरिकको लागि केही सहयोग गर्छ भन्ने ।
त्यसैले माननीय स्वास्थ्यमन्त्री ज्यू मेरो ठूलो आशा छ यो पत्र पढ्नु हुन्छ र मृत्यु शैयामा छट्पटाइरहेकी म गरिब भएर पनि बाँच्ने सपना बोकेकी अभागिको बाँच्ने रहर पूरा गरिदिनुहुन्छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv