Latest Updates :

आखिर किन रुदै बिदेसिन्छन प्रेम बाँनियाहरु?


SHARE THIS POST :
मलाई थाहा छ, प्रेम बानियां अमेरिका हिंड्दा ऊ स्वयम् रोएर हिंडेको छ। अमेरिका पुगेर बाच्नका लागि गर्नु पर्ने काम बाहेक प्रत्येक पल नेपाल नै सोंच्नेछ उसले, नेपाल नै बांच्नेछ ऊ !

दु:ख यस मानेमा लागेको छ कि, ऊ जस्तो एउटा जबर्जस्त देशभक्त छोरो समेत छोड्न विवस छ देश ! अमेरिकामा दशौं वर्ष बसेर पनि नेपाल फर्केर केही गर्न खोजेका रवि लामिछानेहरु माथि भएको प्रहार पनि त देखेकै हो हामीले !

युवा साथी हो, उसको देशभक्ति माथि प्रश्न होइन, मुलुकको नियति माथि चिन्ता गर ! बल, बुद्दी, जांगर, र इमान भएकाहरु तिब्र रुपमा बाहिरिंदै छन्, ठगठाग गरेर अरुको कमाईमा बांच्ने लुटेरा समूह राजनीतिमा निर्णायक बन्दैछ। यस्तो जमातको भरमा देशको हालत के होला, चिन्ता त्यस माथि गर !

देशभक्त नेपालीहरु जहां गए पनि मुटु र शिरमा देशलाई नै राख्छन् ! भारतीय नाकाबन्दीले दादागिरी मच्चाइरहंदा त्यसका विरुद्द संसारभर जुलुस प्रदर्शन गर्ने यस्तै नेपाली थिए!



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv