डा. गोविन्द केसीको २५६ घण्टा !
चिकित्सक संघको आन्दोलन जारी
काठमाडौँ, मंसिर १६ । डा. गाविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएको छ । केसी उन्नाइस दिनदेखि आमरण अनशनमा रहेका छन् । केसीको मागबारे छलफल गर्न गठन गरिएको सरकारका दुई सचिव स्तरीय वार्ता सफल नभएपछि केसीले अनसन जारी राखेका हुन् ।
त्रिवि उपकुलपति तीर्थ खनियाँ र नवनियुक्त डीनको बर्खास्ती लगायत १० बुँदे माग राख्दै दशौं पटक अनसन थालेका केसीको स्वास्थय गम्भीर भएको भन्दै देश भरका स्वास्थ्यकर्मी पनि आन्दोलित भएका छन् । त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टरहरु भने केही दिनअघिदेखि नै आन्दोलित छन् । केसीको मागमा सहमति जनाउन नसकिने बताएको चिकित्सक संघ पनि केसीको स्वास्थ्य गम्भीर भएपछि आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले केसीको जीवन रक्षाको माग गर्दै बिहीबार एक घण्टा आकस्मिक बाहेकका सेवा बन्द गर्ने जनाएको छ । सरकारी चिकित्सक संघ नेपालले सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको छ ।
यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) लगायतका चिकित्सकहर पनि सेवा छाडेर आन्दोलनमा उत्रिएका छन् ।
Post a Comment