Latest Updates :

डिभोर्स चाहन्छिन् विद्या !


SHARE THIS POST :
न्यूजअभियान | प्रकाशित मिति : २०७३ कार्तिक २८ आइतबार

बलिउडमा अचेल एउटा खबर फैलिएको छ– विद्या बालन डिभोर्स चाहन्छिन् । भारतीय अनलाइन मिडियाहरूले विद्याका पति निर्माता सिद्धार्थरोय कपुरसँग सम्बन्ध चिसिएको र उनले छुटकारा चाहेको खबर प्रकाशित गरेका छन् ।

तर, विद्याले भने यी सबै अफवाह भएको दाबी गरेकी छिन् । उनले आफू र पति सिद्धार्थबीच पहिलाजस्तै नै सुमधुर सम्बन्ध रहेको पनि जिकिर गरेकी छिन् । ‘अचेल मैले सिद्धार्थसँग सेल्फी लिन भ्याएकी छैन ।


उनी र म कुनै प्रोग्राममा हात समातेर सँगै नहिँडेको पनि धेरै भयो । यसको मतलब यो होइन कि म डिभोर्स लिँदै छु,’ आक्रोशित हुँदै विद्या भन्छिन्, ‘कार्य व्यस्तताले पति–पत्नी सधैँ सँगै हुन सकिँदैन ।


परिस्थिति सधैँ एकैनासको पनि हुँदैन । यसमा अफवाह फैलाइहाल्नु निकै गलत हो ।’ विद्या र सिद्धार्थले चार वर्षअघि बिहे गरेका हुन् । विद्या सिद्धार्थकी चौथी पत्नी हुन् । उनी अचेल आफ्नो फिल्म ‘कहानी–२’को प्रमोसनमा खटिएकी छिन् ।  नयाँ पत्रिकाबाट


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv