Latest Updates :

ज्यान जोखिममा राखी हरपल चांडपर्व, घर परिवार नभनी, राष्‍ट्रलाई नै परिवार ठानी व्यक्तिगत जीवनको परवाह नगरी चौबिसै घण्‍टा, रात-दिन देशका लागि खटिने सुरक्षाकर्मीलाई जिउँदै जलाउने फरार अभियुक्तलाई देशका प्रधानमन्त्रीले भेटे भनेर संचार माध्यममा सुनिन्छ तर ति जिउँदै जलाइएका निर्दोस सुरक्षाकर्मीका परिवारलाई भेटे भनेर कहि कतै सुनिएन।


SHARE THIS POST :

ज्यान जोखिममा राखी हरपल चांडपर्व, घर परिवार नभनी, राष्‍ट्रलाई नै परिवार ठानी व्यक्तिगत जीवनको परवाह नगरी चौबिसै घण्‍टा, रात-दिन देशका लागि खटिने सुरक्षाकर्मीलाई जिउँदै जलाउने फरार अभियुक्तलाई देशका प्रधानमन्त्रीले भेटे भनेर संचार माध्यममा सुनिन्छ तर ति जिउँदै जलाइएका निर्दोस सुरक्षाकर्मीका परिवारलाई भेटे भनेर कहि कतै सुनिएन। फलानो नेतालाई सरकारले उपचार खर्च दिएको, बिदेशबाट बिशेषज्ञ डाक्टर मगाएर उपचार गराएको सुनिन्छ तर करिब चार महिना अगाडि बिरामी भएर अस्पताल भर्ना भएका नेपाल प्रहरीका बहालवाला एक होनहार प्रहरी अधिकृतको रुपमा चिनिएका एस एस पी राजेन्द्रमान श्रेष्‍ठलाई नत देशका प्रधानमन्त्री नत प्रहरीको अभिभावकको रुपमा मानिने गृहमन्त्रीले नै भेटेको समाचार सुनियो।देशको होनहार प्रहरी अधिकृतको त सरकारले वास्ता गर्दैन भने अरु सुरक्षाकर्मीहरुले कस्को भरोसामा काम गर्ने ? ढिलै भए पनि एस एस पी राजेन्द्रमान श्रेष्‍ठको स्वास्थ्यमा सुधार भइरहेको खबर सुनेर धेरै खुशी तुल्याएको छ।एस एस पी राजेन्द्रमान श्रेष्‍ठ जस्तो होनहार प्रहरी अधिकृतको यो देशलाई खाँचो छ।छिटो भन्दा छिटो स्वास्थ्य लाभको कामना सहित भगवान पशुपतिनाथ सँग प्रार्थना।देश र जनताको सुरक्षामा आफुलाई ढाल जस्तै उभ्याइ अहोरात्र खटिने सुरक्षाकर्मीलाई सबैले सम्मान, सहयोग र माया गर्न सके मात्र देशमा शान्ति, सुरक्षा र अमनचयन कायम हुन्छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv