Latest Updates :

घरेलु हिंसाको सिकार बनेकी महिलाको विजोग : कुरो गर्न जाँदा उल्टै दुव्र्यवहार


SHARE THIS POST :

कञ्चनपुर –  एघार वर्षअघि कञ्चनपुरको दोधराचाँदनी नगरपालिका–४ का भीमबहादुर सिंहले माइली छोरी बृहस्पतिको कैलालीको चुहा नगरपालिकास्थित बचैलाका श्याम शाहीसंग परम्परागत विवाह गराउनुभयो ।
नयाँ जीवन श्रीमान् शाहीसंग बिताउन माइतीघरबाट बिदा हुनुभएकी बृहस्पति बिहेको पाँच महिनामै श्रीमान्को कुटाइबाट मानसिक असन्तुलन बन्नुभयो ।
दैनिक मादक पदार्थ सेवन गर्ने श्रीमान्को निर्घात कुटाइबाट मानसिक रोगको सिकार बन्नुभएकी उहाँ न्याय नपाउँदा एक दशकदेखि माइतीको आश्रयमा दिन कटाउन बाध्य हुनुहुन्छ ।
गर्भवती अवस्थामै श्रीमान्को पटक पटकको कुटाइबाट अर्धचेत अवस्थामा माइती घर पु¥याइनुभएकी बृहस्पतिको उपचारमा हालसम्म रु पाँच लाख खर्च भइसकेको बुवा भीमबहादुर बताउनुुहन्छ । “आशीर्वाद दिएर छोरी अन्माएँ, मानसिक अवस्था गुमाएको अवस्थामा ल्याइदियो ।” उहाँ भन्नुहुन्छ– “त्योबेला माइती नेपाललगायतका न्याय दिलाउने सङ्घसंस्थासित गुहार गर्दा पनि कुनै पहल भएन ।”
करिव आठ वर्ष पूर्णरुपमा मानसिक अवस्था गुमाएकी छोरीको माइती पक्षले भारतको दिल्लीदेखि काठमाडौँका अस्पतालसम्म पु¥याएर उपचार गरेपछि केही सुधार आएको छ । “उनीहरुले अहिलेसम्म न छोरीको कुनै वास्ता गरेका छन्, न न्याय, नत अंश दिन नै सहमति गर्छन् ।” भीमबहादुर गुनासो गर्नुहुन्छ– “कुरो गर्न जाँदा उल्टै दुव्र्यवहार गर्छन् ।”
बृहस्पतिलाई मरणासन्न हुने गरी कुटेर माइतीघर लखेटेका श्रीमान् कान्छी श्रीमती भित्र्याएर भारतको मुम्बैमा बसोबास गर्दै आएका छन् । मादक पदार्थको लत लागेका उनले दैनिकजसो घरेलु हिंसा गर्न थालेपछि बृहस्पतिलाई छिमेकीको सहरामा माइत ल्याइएको थियो ।
“त्यसबखत माइतीआउँदा उनको टाउकोमा एउटा कपालसम्म थिएन ।” बुवा भीमबहादुर भन्नुहुन्छ– “मारेर गाड्नलाई घर छेउमा खाल्डोसमेत खनेका थिए रे ।”
“अहिले त मेरो छोरो नै ११ वर्षको भइसकेछ ।” हाल उपचारमा रहनुभएकी बृहस्पतिको भनाइ छ – “छोरोलाई समेत बाल्यावस्थामै मबाट छुटाएर लगेका छन् ।”
“छोरो एघार वर्ष भइसक्दा पनि न्यायका लागि पहल गरिदिने कोही भएन ।” उहाँको चिन्ता छ – “घर जाउँ, श्रीमान्को कुटाइ, के गरौँ, गरौँ अब ।”
छोरीको उपचारमा दैनिक खर्चले माइती पक्ष समस्यामा परेका छन् । अहिले पनि उहाँको मानसिक अवस्था ठीक नहुँदा समस्या भइरहेको माइती पक्षको भनाइ छ ।
“धेरै समय त असन्तुलित भएकी छोरीलाई आम्लोमा बाँधेर पनि राख्ने अवस्था पनि आयो ।” बुबा भीमबहादुर भन्नुहुन्छ – “आश मारिसकेको थिएँ, अहिले निरन्तरको उपचारले केही सन्चो भएको छ, ।” रासस
Share:

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv