Latest Updates :

यी हुन् ‘गोल्‍डेन म्यान’, शीरदेखि पाउँसम्म सुनँ-चाँदी


SHARE THIS POST :

भारु नोट प्रतिबन्धको असर यी मानिसलाई परेन

न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर १२ आइतबार

एजेन्सी । भारत सरकारले भारु पाँच र हजारको नोट प्रतिबन्ध लगाएपछि सुनको मागको निक्‍कै बढेको छ।

मानिसहरले घरमा राखेको पाँचसय र हजारको नोट बाहिर आउन थालिसकेका छन्। तर यो सबै हुँदा पनि भारतको एउटा व्यक्ति भने खुलमखुल्ला सुन चाँदीले भरिएको शरीर लिएर घुमिरहेका छन्।

उसको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उसलाई सबैले ‘गोल्‍डेन म्यान’ भनेर टिप्पणी गरेका छन्।कानपुर निवासी मनोज सिंह सेंगर व्यापारी हुन्। शहरका मानिसहरु उनलाई ‘गोल्‍डेन म्यान’ को नामबाट चिन्‍ने गरेका छन्।

उनले सुनचाँदीको पसल सञ्चालन गर्दै आएका छन्। उनले आफ्नो खुटाको लागि चार किलो सुनको जुत्ता समेत बनाएका छन्। उनले यही जुत्ता कतै जाँदा लगाएर हिड्‍ने गरेका छन्। उसको कम्मरमा रहेको बन्दुक तथा बेल्टमा पनि सुन लगाइएको छ।
यतिमात्रै नभएर उसले कानमा पनि सुनको माछा बनाएर लगाएका छन् जसको तौल सय ग्राम रहेको छ। यस्तै घाँटीमा पनि चेन लगाएका छन् जसको तौल करिब डेढ किलो रहेको छ।
सधै सुनचाँदीले भरिभराउँ रहेका संगर ‘क्षेत्रिय सभा कानपुर’का संयोजक पनि हुन्। नोटबन्दी अघि ७ नम्बरसम्म सेंगरको शरीरमा दुई किलो सुनचाँदीले भरिएको हुन्थ्यो। तर अहिले झन बढेर सुनचाँदीको मात्रा अढाइ किलो पुगेको छ।
एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv