Latest Updates :

बोराभित्र महिलाको शव फेला, हत्या भएको आशङ्का


SHARE THIS POST :
न्यूजअभियान | प्रकाशित मिति : २०७३ कार्तिक २१ आइतबार

भक्तपुर, २१ कात्तिक । मध्यपुरथिमि नगरपालिका–२ बोडेमा किरा परेर कुहिएको अवस्थामा महिलाको शव फेला परेको छ ।

बोडेबाट मूलपानीतर्फ जाने मूल सडकबाट खेततर्फ जाने भित्र सडकको छेउमा अन्दाजी २७ वर्षकी महिलाको शव फेला परेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।

मृतक महिलाको टाउकामा चोट देखिएको जानकारी दिँदै उहाँले हत्या गरेर बोरामा हालेर एकान्त रहेको स्थानमा ल्याएर फ्याँकिदिएको हुन सक्ने आशङ्का रहेको बताउनुभयो ।

मृतक महिला स्थानीय बासिन्दा नभएको र पहिचान पनि नभएको बताउँदै उहाँले प्रहरी वृत्त थिमि र अपराध अनुसन्धान महाशाखाको टोलीले अनुसन्धान अगाडि बढाएको जानकारी दिनुभयो ।

खेतमा गएर फर्कंदै गरेका स्थानीयवासीले शनिबार साँझ बोराभित्र महिलाको टाउको मात्रै देखिने गरी शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । रासस

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv