Latest Updates :

वैदेशिक रोजगारले निम्त्याएको समस्याः श्रीमान विदेशमा, श्रीमती अर्कैसँग टाप कसेपछि…


SHARE THIS POST :

श्रीमान विदेशमा भएको बेला श्रीमती पनि अन्त्यै घर छाडेर गएपछि दुई नाबालक छोराको बिचल्ली भएको छ । मोरङ सिंहदेवी-९ का जसमान राईको जीवनमा सोच्दै नसोचेको घटनाले पारिवारिक जीवनमा भुइचालो आएको छ ।

छुट्टीमा घर आउँदा ३० वर्षीय श्रीमती सोनु राई दुई छोराहरु लालनपालन गरि राम्रै घरबार सम्हालेर बसेकाले पुनः विदेश गएको १८ महिना नपुग्दै नाबालक छोराहरुलाई छाडी भएभरको सम्पति लिएर श्रीमती बेपत्ता भएपछि समस्यामा परेको उनले बताए।

 श्रीमती बेपत्ता भएको खबर सुन्ने बित्तिकै विदेशबाट हान्निएर नेपाल फर्किए ,नेपाल आउँदा साना दुई छोराहरु मात्रै पाए उनले भने। श्रीमतीको खोजीमा विभिन्न ठाउँमा भौतरिरहेको र इलाका प्रहरी कार्यालय केराबारीमा समेत श्रीमती खोजी दिन आग्रह गर्दै निबेदन दिएको तर अझै फेला नपरेको उनले पुर्बेली न्युजलाई जानकारी दिए।

१४ वर्ष देखि बुबाआमा संग छुट्टिएर आफ्नै घरमा बस्दै आएको राई परिवारमा कुनै खटपट नआएको र आफू बिदेशमा छदा पनि सम्बन्ध राम्रै रहेकाले श्रीमतीकै बिश्वासमा पैसा पठाउने गरेको तर अहिले मेरो बिश्वासलाई घात गरेर चार पाँच लाख रुपैया र भएको सारा सम्पत्ति लिएर बेपत्ता भएपछि उनले विभिन्न संचार माध्यमबाट श्रीमती खोजिदिन आग्रह गरेका छन्। 2 सम्पति लिएर हिड्नु र छिमेकी युवा पनि हराउनुले पनि अर्कै केटासँग भागेकी हुन भन्ने गाउँघरमा चलेको हल्लाले उनले बताए। वैदेशिक रोजगारीले निम्ताएका यी त प्रतिनिधि घटना मात्रै हुन् ।
पछिल्लो दिन विदेशिने युवाको संख्या जसरी बढ्दो छ, त्यसरी नै पारिवारिक सम्बन्धान अनेक समस्या आईरहेका छन् ।

के भन्छ प्रहरीः
यसरी धनसम्पति सहित घर छाडेर हिडेका महिलाको खोजी गरिपाँउ भन्दै हरेक दिन दर्जन बढि उजुरी आउने गरेका प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएको १ महिना यता मात्रै मानिस हराएको भन्दै धेरै मात्रामा निवेदन दर्ता भएका छन् । जसमध्ये महिला हराएकाले खोजी पाँउ भन्ने व्यहोराका बढी निबेदन परेको छ । बाँकी मुद्दा मध्ये पुरुष र बालबालिका हराएकाले खोजी पाँउ भन्ने व्यहोराका निवेदन दर्ता भएका छन् ।




SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv