बन्द गर्दै हिड्ने विप्लवका दुई सय बढी कार्यकर्ता प्रहरीको नियन्त्रणमा
नेत्रविक्रम चन्द विप्वल नेतृत्वको नेकपा माओवादीले मूल्यवृद्धि नियन्त्रणको माग राख्दै गरेको नेपाल बन्दको प्रभाव देशैभरी परेको छ ।
अहिले काठमाडौंका सबैजसो सडकमा फाटफुट सवारी साधन चलेका छन् । फाटफुट ट्याक्सी, मोटरसाइकल बाहेक सार्वजनिक यातायातका साधन, स्कुल कलेजका साधन, निजी सवारी साधन चलेका छैनन् ।
सो पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा विरहीका अनुसार बिहानभरीमा दुई सय भन्दा बढी नेता र कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सो पार्टीका केन्द्रीय सदस्य सहितका नेताहरु रहेका छन ।
बन्दको प्रचारका क्रममा कलंकीको एक होटलमा सुतेका समयमा विप्लव माओवादीका काठमाण्डु जिल्ला सचिवालय सदस्य विजय शाही, किशोर न्यौपाने, बबी श्रेष्ठ र सुरेन्द्र श्रेष्ठ लगायत हिजो राती ११ बजे नै पक्राउ परेका थिए ।
सबैभन्दा बढी कार्यकर्ता काठमाडौं उपत्याकाबाट पक्राउ परेका छन भने त्यसपछाडि विराटनगरबाट पक्राउ परेका विरहीले जनाएका छन ।
Post a Comment