काठमाडौं, २२ कात्तिक । चीनले नेपालका लागि नयाँ राजदूतमा यू होङलाई पठाएको छ । उनी सोमबार काठमाडौं आइपुगेकी छन् ।
राजदूत उ चुन्ताईको कार्यकाल सकिएको र नेपालमा भारतीय प्रभाव दिन प्रतिदिन बढिरहेका बेला चीनले नयाँ राजदूतमा महिलालाई पठाएको हो । चिनियाँ राजदूतावासका अनुसार ५१ वर्षीया चिनियाँ वरिष्ठ कूटनीतिज्ञ होङ बेइजिंगबाट थाइल्याण्डको बैंकक हुँदै सोमबार दिउँसो काठमाडौं ओर्लिएकी हुन् ।
एसिया मामिलामा दख्खल राख्ने होङ यसअघि इन्डोनेसियाको सुराबयास्थित चिनियाँ महावाणिज्यदूत कार्यरत थिइन् ।
नेपालमा राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश पदमा महिला रहेका बेला चीनले महिला राजदूत पठाउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । नेपालमा हाल अमेरिकी राजदूत पनि महिला नै छिन् ।
फोटोः सविन धमलाबाट ।
Post a Comment